Bisal Chautari Logo

राजेश हमालले भुकम्पका कारण देश नै पीडामा रहेकोले बर्थ डे मनाएनन्

- २६ जेष्ठ २०७२, मंगलवार १६:०९ मा प्रकाशित


rajesh hamal The earthquake caused the country the pain birthday no celebrating
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७२ जेष्ठ २६ मंगलवार । नेपाली चलचित्र क्षेत्रका चचिर्त सुपरस्टार अभिनेता राजेश हमाल आजबाट ५१ बर्षमा प्रवेश गरेका छन् । अभिनेता हमाल जुन ९ अर्थात आजैका दिनबाट ५१ बर्षमा प्रवेश गरेका हुन् ।

rajesh hamal The earthquake caused the country the pain birthday no celebratingफाइल तस्बिर : गत बर्षको बर्थ डे को तस्बिर 

अभिनेता हमालले आफ्नो बर्थ डे आज त्यस्तो कुनै कार्यक्रम नगर्ने सहयोगी रोशन हमालले जानकारी दिएका छन् । उनका अनुसार, भुकम्पका कारण देश नै पीडामा रहेको समयमा हमालले कुनै कार्यक्रम नगर्ने सोच बनाएका हुन् । तर, हमाल सामाजिक कार्यका लागि भने विभिन्न कार्यक्रममा सामेल हुने उनको भनाई छ । चलचित्र ‘युगदेखि युगसम्म’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका राजेशले यसपछि एकछत्र राज गरिरहेका छन् । ३ सय भन्दा बढी चलचित्रमा काम गरिसकेका हमालले गतबर्ष बिहे गरेपछि भने चलचित्र करिअरलाई केही सुस्त बनाएका छन् । भुकम्पका कारण पुन: स्थापनामा व्यस्त हुने भएकाले पनि अभिनेता हमालले तत्काल नया चलचित्र खेल्ने सोच बनाएका छैनन् । उनी कतारमा आयोजना हुने एक कार्यक्रमका लागि भोली श्रीमती मधुको साथमा जान लागेका छन् ।
अभिनेता हमाललाई विशाल चौतारी डटकमको तर्फबाट जन्मदिनको हार्दिक हार्दिक शुभकामना । happy birthday rajesh hamal

प्रतिक्रिया