Bisal Chautari Logo

खपाङ्गीको शल्यक्रिया सफल केही दिनमा नेपाल फर्काइने

- २० भाद्र २०७०, बिहीबार ०७:२१ मा प्रकाशित


२० भाद्र, सिंगापुर । मोटरसाइलको ठक्करबाट गम्भीर घाइते भएका जनजाति नेता तथा पूर्व मन्त्री गोरेबहादुर खपाङगी मगरको सिंगापुरस्थित माउन्ट इलिजावेथ हस्पिटलमा टाउकाको सफल शल्यक्रिया गरिएको छ । उनको उपचारमा संलग्न  डा. इभानका अनुसार शल्यक्रियापछि खपाङगीको स्वास्थ्यमा क्रमश: सुधार आइरहेको छ र उनलाई अब केही दिनमै नेपाल फर्काउन सकिने छ ।सिंगापुरबाट गीतकार जीवन मुकारुङले दिएको पछिल्लो जानकारी अनुसार खपाङगीको उपचारमा जम्मा १ लाख २० हजार सिंगापुर डलर खर्च भएको छ । रकम अभावमा शल्यक्रिया प्रभावित भएपछि सिंगापुरमा कार्यरत दुई नेपाली नागरिकको जमानतमा अस्पतालले खपाङगीको उपचार प्रक्रियालाई अगाडि बढाएको थियो ।

प्रतिक्रिया