Bisal Chautari Logo

हलिउड अभिनेता ज्याकी चैन नेपालमा || जाउलाखेलमा भुकम्प पिडितलाई राहत बाड्दै

- २६ जेष्ठ २०७२, मंगलवार १०:५० मा प्रकाशित


Jackie Chan in Nepal To help the earthquake victims
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७२ जेष्ठ २६ मंगलवार । चर्चित हलिउड अभिनेता ज्याकी चैन नेपाल आइपुगेका छन् । उनी आज नेपाल आएका हुन् । उनी भुकम्प प्रभावितहरुलाई सहयोग गर्न नेपाल आएको बताइपनि अन्य कारण खुलाइएको छैन ।

Jackie Chan in Nepal To help the earthquake victims (1)
त्रिभुवन विमानस्थलको टमिर्नल ड्यूटी अफिसले ज्याकी नेपाल आएको पुष्टी गरेको छ । तर, उनी कती बजे कुन बिमानबाट नेपाल आए भन्ने खुलाइएको छैन । उनले केही साता अघि नेपालका भूकम्प पीडितहरुका लागि १ करोड २ लाख नेपाली रुपैया सहयोग स्वरुप दिएका थिए । उक्त रकम सिंगापुरमा आयोजित एक च्यारिटी कार्यक्रममा उनले प्रदान गरेका थिए ।

Jackie Chan in Nepal To help the earthquake victims
विशेषगरि, आफ्ना चलचित्रमा एक्सनका खतरनाक दृश्य दिन माहिर ज्याकी नेपाली फ्यानमाँझ पनि लोकप्रिय छन् । उनी अहिले काठमाण्डौको सोल्टी होटलमा पुगेका थिए ।

जावलाखेलमा भुकम्प पीडितहरुलाई राहत वितरण

हलिउडका सुपरस्टार ज्याकी चैन ललितपुरको जावलाखेल पुगेका छन् । जावलाखेलको खेल मैदानमा पुगेर उनले त्यहाँ टेन्ट बसेका भुकम्प पीडितहरुलाई राहत वितरण गरेका थिए ।

Jackie Chan in Nepal To help the earthquake victims (2)
उनलाई रेडक्रसले नेपाल ल्याएको हो । मंगलबार ११ बजेर ५० मिनेटमा नेपाल आएका ज्याकी सोझै सोल्टी होटल पुगेका थिए । यसपछि उनी त्यहाँ केही समय आराम गरेर जावलाखेल पुगेका थिए । त्यहाँ पुगेर उनले भुकम्प पीडितलाई राहत वितरण गरे । रेडक्रसको चिन्ह अंकित ज्याकेट लगाएका चैन हातमा गुलाब लिएर भुकम्प पीडितकोमा पुगेका थिए । उनले राहतका सामाग्रीसँगै गुलाबको फूल पनि दिए ।
प्रहरीको कडा सुरक्षाका विच उनले राहत वितरण गरेका हुन् । उनले राहतमा कुन–कुन सामाग्री वितरण गरेको नखुलाइएपनि वितरण गरिएको बाकसभित्र मानिसलाई आवश्यक पर्ने विभिन्न खालका सामाग्री भएको जानकारी दिइएको छ ।

Jackie Chan in Nepal To help the earthquake victims (3)
उनी केही घन्टाका लागि नेपाल आएका हुन् । उनी आजै र्फकने कार्यक्रम छ । उनी करिब २० मिनेट जावलाखेल मैदानमा बसेका थिए । उनले संचारमाध्यमसँग कुनै प्रतिक्रिया भने दिएनन् । (अनलाइन खबर डटकम : तस्बिर सहित)

प्रतिक्रिया