Bisal Chautari Logo

जुल्फे धुर्मुसले चलचित्र निर्देशन गर्ने

- ४ जेष्ठ २०७१, आईतवार ११:२८ मा प्रकाशित


sitaram-kattel-dhurmus-julfe
विशाल चौतारी समाचार 
काठमाडौ, २०७१, जेठ ४ आइतवार  ।  पछिल्लो समय जुल्फेको पात्रबाट चर्चामा रहेका हास्य अभिनेता सिताराम कट्टेल ‘धुर्मुस’ ले चलचित्र निर्देशन गर्ने भएका छन् । हास्य अभिनेता सिताराम यतिबेला चलचित्रको कथा फाइनल गर्नमा व्यस्त छन् । तर, उनले फिल्म बारे थप नखुलाउने बताए ।
नेपाल टेलिभिजनबाट साप्ताहिक प्रसारण हुने हाँस्य टेलिफिल्म ‘मेरी बास्सै’ एवं आधा दर्जन म्यूजिक भिडियोका निर्देशक समेत गरिसकेका अभिनेता कट्टेलले चलचित्रको कथा केलाउँदै गरेको बताएका छन् । उनका अनुसार ‘दुई वटा कथा छन् । एउटाको स्क्रिप्ट लगभग फाइनल भैसक्यो’, हास्य अभिनेता सितारामले बताए । निर्माण समेत आफ्नै रहने सितारामले निर्देशन गर्ने चलचित्र चलिरहेको ‘ट्रेन्ड’ भन्दा फरक हुनेपनि बताइएको छ । सबै कुरा योजनावद्ध रुपमै भए यही वर्षको असारबाट चलचित्रको छायाँकन सुरु हुनेछ । सितारामले अभिनय गरेका २ वटा चलचित्र ‘छ एकान छ’ र ‘नाईं नभन्नू ल २’ व्यवसायिक रुपमा सफल भए । हाँस्य कलाकारको चलचित्र ‘छ एकान छ’ मा कामदारको भूमिका निभाएका सिताराम ‘नाईं नभन्नू ल २’ मा भिन्न–भिन्न तीन वटा भूमिका प्रस्तुत भएका थिए । दुवै चलचित्र व्यवसायिक रुपमा सफल भएसँगै सिताराम आफै चलचित्र निर्माण तथा निर्देशन गर्न हौसिएका हुन् ।

प्रतिक्रिया