Bisal Chautari Logo

अध्यक्ष राजकुमार राईलाई विकाश बोर्डमा चलचित्रकर्मी, पत्रकार र बोर्डका कर्मचारीले बाजा बजाएरै भब्य स्वागत गरे

- २५ जेष्ठ २०७२, सोमबार १६:५० मा प्रकाशित


Rajkumar Rai president welcoming nepali chalchitra bikash board 
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७२ जेष्ठ २५ सोमवार । नेपाल चलचित्र विकास बोर्डको अध्यक्ष पदमा नेपाल सरकारको मन्त्रीपरिषद्को बैठकबाट नियुक्त भएका चलचित्रकर्मी राजकुमार राइले आज सोमबार पदबहाली गरेका छन् । दौरा सुरुवाल र टोपीमा नेपाली भेषमा चलचित्र विकास बोर्ड पुगेका राइलाई बोर्डका कर्मचारी र चलचित्रकर्मी र पत्रकारहरुका साथमा बाजा बजाएरै स्वागत गरिएको थियो । उनलाई चलचित्रकर्मीले फूलमाला लगाइदिए । उनले आफ्नो कार्यकक्षमा गएर हाजिर गरे ।

Rajkumar Rai president welcoming nepali chalchitra bikash board
अध्यक्ष राजकुमार राइले पदबहाली गरेपछि विकाश बोर्डमै आयोजित कार्यक्रममा उनलाई विभिन्न संघसंस्थाका प्रतिनिधी र चलचित्रकर्मीले शुभकामना दिएका थिए । सबै संघसंस्थाका चलचित्रकर्मी, पत्रकारले राजकुमार राई गर्न सक्ने मान्छे भएको भन्दै उनी बोर्ड अध्यक्ष भएर आउँदा खुशी लागेको भावना ब्याक्त गरेका थिए । अध्यक्ष राइले कार्यक्रममा बोल्दै आफ्नो मुख्य काम भनेको चलचित्र क्षेत्रमा बक्स अफिस लागू गर्नु भएको बताए । उनले चलचित्रकर्मीले आफूप्रति देखाएको भरोसा र साथमा खुशी लागेको बताए । महा–भुकम्पका कारण पीडित बनेका चलचित्रकर्मीका लागि काम गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताए । साथमा अध्यक्ष राईले बक्स अफिस, चलचित्र र हल बर्गीकरणको काम आफ्नो मुख्य प्राथमिकतामा पर्ने बताए ।

Rajkumar Rai president welcoming nepali chalchitra bikash board  (6)
त्यस्तै अर्को ठेट कुरा बोल्दै भने–‘मलाई कुनै कुरा थोरै आउँछ होला, तर जती आउँछ प्रष्ट आउँछ ।’ अध्यक्ष राइले यसो भनिरहँदा चलचित्रकर्मीले ताली बजाएर समर्थन गरेका थिए । राईले थपे ‘अब म सम्पूर्ण चलचित्र क्षेत्रको नै मानिस हुँ, यसैले सबैसँग मिलेर काम गर्छु’ । अध्यक्ष राइले चलचित्र विकास बोर्डले आयोजना गर्दै आएको ‘राष्ट्िरय चलचित्र पुरस्कार’लाई पनि निरन्तरता दिने बताए । २ बर्षका लागि पदबहाली गरेका अध्यक्ष राइले साना–साना कुराहरुलाई सबैसँग मिलेर समाधान गर्ने भन्दै यतिबेला मुख्य चुनौतीलाई हल गर्नुपर्ने आवश्यकता औल्याएका थिए ।

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”9895,9903,9902,9901,9900,9899,9897,9896,9898″]

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया