Bisal Chautari Logo

कला सुब्बाको साथमा तायाहाङमाले वितरण गरिन् राजारानी धनकुटाबाट लिएर आएको राहत (फोटो फिचर)

- २४ जेष्ठ २०७२, आईतवार १५:३३ मा प्रकाशित


tayahangma rai and kala subba distribution earthquake victims
विशाल चौतारी समाचार तस्बिर : विशाल राई
काठमाडौ, २०७२ जेष्ठ २४ आइतवार । गत बैशाख १२ गते गएको विनाशकारी भुकम्पमा परि पिडित हुनेहरुका लागी राहत वितरण कार्यक्रम चलिरहेको समयमा राजारानी धनकुटाबाट लिएर आएको राहत चर्चित आरजे तथा मोडल कला सुब्बाको साथमा गायिका तायाहाङमाले वितरण गरेका छन् । राहत वितरण नुवाकोटको चतुराले गाविसको थुर्पुगाउँमा गरिएको हो ।

tayahangma rai and kala subba distribution earthquake victims (4)
१३५ घरधुरीलाई वितरण गरिएको चामल केही समय अगाडी धनकुटा राजारानीमा चण्डिपुर्णे मेलाको अवसर पारेर साङ्गीतिक साझ आयोजना गरिएको कार्यक्रमबाट उठेको रकम हो । आयोजक राजारानी फुटबल क्लवका अनुप सुब्बा, मानि चेम्जोङ र बिजु राईले सो रकम उपलब्ध गराएका हुन् । कार्यक्रम गर्नको मुख्य उद्देश्य पर्यटन प्रवर्दन साथमा भुकम्प पिडितका लागी राहत संकलन गर्नु थियो । सो कार्यक्रममा सहभागी कलाकारहरु : राजेश पायल राई, तायाहाङमा राई, कुन्ति मोक्तान, सुगम पोखरेल, दिपक लिम्बु र इन्दिरा जोशी लगायत न्यु गरिमा डान्स सेक्टरका कलाकारहरुले नृत्यपनि प्रस्तुत गरेका थिए । साथमा स्थानीय कलाकारहरुको सहभागिता रहेको थियो ।

tayahangma rai and kala subba distribution earthquake victims (6)

रातह वितरणमा कलाकर्मी र पत्रकार समेत

kala subba and tayahangma rai distribution earthquake victims (1)

त्यस्तै चलचित्रका कलाकार, टिभि सिरियलका कलाकार तथा समाजसेवी, पत्रकारको संयुक्त टोलीपनि सो राहत वितरणमा सहभागी रहेका थिए । हेल्प नेपाल नेटवर्क लगायतबाट उपलब्ध गराइएका राहत सामाग्री कलाकार तथा समाजसेवी पत्रकारको संयुक्त टोलीले राहत सामाग्री खाध्यन्न तथा लत्ताकपडाका साथै स्वास्थ्य तथा सरसफाइका सामाग्री वितरण गरेको हो ।

kala subba and tayahangma rai distribution earthquake victims (2)
यो टोलीमा अभिनेत्री रुपा राना, कलाकार तथा सञ्चारकर्मी सरोज केसी, हास्य अभिनेत्री कविता शर्मा, पत्रकार, समाजसेवी सुर्य चन्द, गायक सिताराम पोखरेल, विविएन वल्र्ड टिभीका प्रस्तोता रुषा के.सी, हाकाहाकी टिभी सिरियल का निर्माता राम थापा, संचारकर्मी छिरिङग लामा रहेका थिए ।

राहत वितरणका केही तस्बिरहरु :

tayahangma rai distribution earthquake victims

tayahangma rai and kala subba distribution earthquake victims (7) tayahangma rai and kala subba distribution earthquake victims (3)

tayahangma rai and kala subba distribution earthquake victims (5)

tayahangma rai and kala subba distribution earthquake victims (2)

tayahangma rai and kala subba distribution earthquake victims (1) saroj kc

kala subba and tayahangma rai distribution earthquake victims (3)

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया