Bisal Chautari Logo

माइती नेपाललाई ५१ हजार सहयोग गर्दै शोभितको ‘टिचर’ च्यारिटी

- २२ जेष्ठ २०७२, शुक्रबार १६:५५ मा प्रकाशित


teacher nepali movie Shovit Basnet
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ जेष्ठ २२ शुक्रवार । माइती नेपाललाई ५१ हजार सहयोग गर्दै शोभित बस्नेतको चलचित्र ‘टिचर’ च्यारिटी गरिएको छ । हलमा प्रदर्शन नभएपनि च्यारिटीकै कारण निर्देशक शोभित बस्नेतले चलचित्र ‘टिचर’बाट राम्रै आम्दानी गरेका छन् । देशका विभिन्न स्कुलमा यो चलचित्रको च्यारेटी शो भैसकेको छ । यही क्रममा काठमाण्डौको कुमारी हलमा यो चलचित्रको बिहिबार बेलुकी च्यारेटी गरिएको छ ।

teacher nepali movie Shovit Basnet (1)
सो अवसरमा माइती नेपाललाई चलचित्रको तर्फबाट नगद ५१ हजार सहयोग गरिएको थियो । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले चेक वुझ्दै यो रकमले कुनै विकट गाउँका भुकम्प पीडितलाई जस्ता पाता किनिदिने बताइन् ।
चलचित्रको जुन १२ बाट मलेसिया, कतार र दुबइमा पनि च्यारेटी गर्न लागिएको छ । जसका लागि चलचित्रका मुख्य कलाकार कुशल थापा र निर्माता शिव कुमार रकाल त्यता जाँदैछन् । चलचित्रको च्यारेटी शोमा पत्रकार, विभिन्न क्षेत्रका व्यक्ति र चलचित्रकर्मी उपस्थिती थिए ।

teacher nepali movie Shovit Basnet (2)
चलचित्रमा कुशल थापा, सलिना बस्नेत, उमा कार्की, पुरन थापा, सीपी पौडेल लगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया