rajesh payal rai Relief distribution in Teenage not take An old song in planted
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ जेष्ठ २० बुधवार । नेपाली सुगम संगीत तथा पाश्र्व गायनका नम्बर एकको रुपमा दौडिरहेका गायक राजेश पायल राईलाई राहत बितरणमा जादा टिनेजदेखी वृद्धसम्मले गीत सुनाउन लगाएका छन् ।
नेपालमा गत बैशाख १२ गतेदेखी गएको भुकम्प अहिले सम्म साम्मे हुन सकेको छैन भने भुकम्पबाट पिडित हुनेहरुको संख्या अझ बढी रहेको छ । चलचित्र निर्देशक समाज र चलचित्र पत्रकार संघ पनि मंगलबार भूकम्पबाट सबैभन्दा धेरै मानवीय र भौतिक क्षति व्यहोरेको सिन्धुपाल्चोकका स्थानीयबासीलाई राहत वितरणका लागि पुगेको थियो । राहत बितरण गायक राजेश पायल राई, दिनेश डिसी र शान्तिप्रियले प्रद्धान गरेका थिए ।
राहत बितरणमा गएपनि स्थानियहरुले गायक राजेश पायलराईका गीतहरु गाउन लगाए । रोचक पक्ष त यो छ की, टिनेजले घेर्ने गायक राजेशलाई वृद्धा आमाहरुले पनि छोडेनन् । सिन्धुपाल्चोक बतासे गाविसमा पुगेपछि एक वृद्ध हजुरआमाले गीत गाउन दिएको चुनौती सामना गर्न गायक राजेशपायल राईले ‘सागर सरी चोखा माया तिमीलाई नै दिउँला..’ गाए ।
प्रतिक्रिया