Bisal Chautari Logo

अनमोल केसी अब पोखराको पाँचतारे होटल फुलबारी रिसोर्टको मालिक

- १९ जेष्ठ २०७२, मंगलवार १६:३५ मा प्रकाशित


anmol kc A five-star hotel in Pokhara Fulbari resort owner
रेम बिक
पोखरा, २०७२ जेष्ठ १९ मंगलवार । पोखराको फुलबारी रिसोर्ट अब देखि अनमोल केसीले चलाउनेछन् । आफ्नो जिम्मामा फुलबारी रिसार्टको जिम्मेबारी आएपछि उनी आईतबार फुलबारी रिसोर्टमा पुगेका थिए । फुलबारी रिसोर्टमा अनमोललाई स्वागत गर्नका लागि निकै तामझाम सहित सजाईएको थियो । हातमा बुके लिएर होटलका म्यानेजर र स्टाफहरु लामबद्ध भएर बसेका थिए । र, अनमोललाई स्वागत लिन भ्याईनभ्याई थियो ।

anmol kc A five-star hotel in Pokhara Fulbari resort owner
अभिनेता अनमोल केसीले पाँचतारे होटल फुलबारीको जिम्मा भने फिल्मको पर्दाको लागि लिएका हुन् । निर्माणाधिन फिल्म ‘ड्रिम्स’मा उनी होटल फुलबारीको संचालकको भुमिकामा देखिँदैछन् । त्यहि फिल्मको छायाँकन फुलबारी रिसोर्टमा चलिरहेको छ । फिल्मलाई अनमोलकै बुवा तथा अभिनेता भुवन केसीले निर्माण तथा निर्देशन गर्दैछन् ।
anmol kc A five-star hotel in Pokhara Fulbari resort owner-1‘फिल्ममा अनमोल एउटा धनी परिवारको युवक हुन्छ । र, एउटा दुर्घटनामा उसको बुवाआमाको दुर्घटनामा निधन हुन्छ । त्यसपछि उसको बुवाले सँचालन गरेको व्यवसाय चलाउने जिम्मा अनमोलको पोल्टामा पर्छ ।’ अभिनेता भुवन केसीले दृश्यको बारेमा बताए । एक महिना अगाडि देखि फ्लोरमा रहेको फिल्म यसअघि जोमसोम, उपल्लो मुस्ताङमा छायाँकन भएको थियो । पोखरामा अझै केहि दिन फिल्मको छायाँकन हुनेछ । र, बाँकी केहि दृश्य काठमाण्डौमा पनि छायाँकन हुने भुवनले जानकारी दिए ।
पहिलोचोटी निर्देशन गरिरहेका भुवन फिल्मलाई लिएर निकै उत्साहित छन् । ‘फिल्ममा कुनै कुरामा पनि हामीले सम्झौता गरेका छैनौँ”, उनले भने–‘फिल्म निकै उत्कृष्ट बन्नेछ ।’ नेपालबाट विश्वस्तरमा प्रतिनीधित्व गर्ने गरि फिल्म निर्माण भैरहेको उनले सुनाए । फिल्म प्रदर्शनमा आईसक्दासम्म करिब १ करोड रुपैयाँ खर्च हुने उनको अनुमान छ । ६ महिनापछि प्रदर्शन गर्ने फिल्मलाई अँग्रेजी सबटाईटलमा पनि डबिङ गरेर विश्वभर एकसाथ प्रदर्शन गरिने उनले बताए ।
फिल्ममा अनमोलसँगै साम्राज्ञलक्ष्मी शाह र सन्ध्या केसी फिल्ममा देखिँदैछन् । पुरुषोत्तम प्रधान फिल्मका छायाँकार हुन् । फिल्मको पटकथा तथा संवाद सामिप्य तिमल्सिनाले लेखेका हुन् । (फिल्मीखबर डटकम)

THIS NEWS YOUR COMMENT HERE

 

प्रतिक्रिया