Bisal Chautari Logo

तीजको अवसरमा विमारीलाई फलफुल वितरण

- २१ भाद्र २०७०, शुक्रबार १४:२४ मा प्रकाशित


सचिन बशिष्ठ
२१ भद्र, उदयपुर । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडाले जिल्ला सदरमुकामका तीन अस्पतालमा रहेका विरामीहरुलाई शुक्रवार फलफुल वितरण गरेको छ ।
तीजको अवसर पारेर क्याम्पसले प्रत्यक वर्ष विविध कार्यक्रमहरु गर्दै आईरहेको छ । शुक्रवार जिल्ला अस्पताल उदयपुर, त्रियुगा अस्पताल र सूर्योदय अस्पतालका करिव ७० जना विरामिहरुलाई फलफुल वितरण गरिएको क्याम्पस प्रमुख कुमार वस्नेतले जानकारी दिए । ब्यानर सहित अस्पताल पुगेका क्याम्पसका प्राध्यापक, विद्यार्थी, विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिहरु र स्ववियु पदाधिकारी सहितको टोलिले फलफुल वितरण गरेको हो । परोपकारी तीज कार्यक्रम नाम दिईएको उक्त कार्यक्रमको उद्घाटन क्याम्पस प्रमुख कुमार वस्नेत र जिल्ला अस्पताल उदयपुरका डाक्टर चुमनलाल यादवले विरामिलाई फलफुल दिएर गरेका थिए । 
यस्तैगरी त्रियुगा अस्पताल र सूर्योदय अस्पतालमा पनि फलफुल वितरण गरिएको छ । कार्यक्रममा बोल्दै क्याम्पसका सहायक क्याम्पस प्रमुख रमेश रोकाले तिजलाई भड्किलो रुपमा मनाउनु भन्दापनि संस्कारको संरक्षण गर्दै गच्छे अनुसार मनाउनुपर्ने बताए । तीनजका दिन चाडपर्वको नाममा महिलाहरुले वहुमुल्य गहना लगाउने हुादा विगतका दिनहरुमा लुटपाट हुने र हत्या समेत भएका घट्नाहरु हुनेगरेकाले त्यसलाई नियन्त्रण र अपृय घट्ना हुन नदिनकोलागि सवै सजग हुनुपर्ने बताए । यस्तैगरी कार्यक्रममा क्याम्पसकी शिक्षण सहायक रञ्जना खड्कालेपनि महिलाहरु सचेत भएर तिज मनाउनुपर्ने बताईन् । रुरितिजन्य संस्कारका कारण महिलाहरु विविध घट्नामा पर्ने गरेको बताउदै भड्किलो पाराले तीज मनाउन नहुने बताईन । कार्यक्रममा क्याम्पसका प्राध्यापकहरु सूर्य दाहाल, टिका पौडेल, मिथिलेश शाह, निरा राई, यस्तै विद्यार्थी नेता महेश पौडेल, नरेन्द्र थापा, सृजना राउत, आस्मा पौडेल लगाएतको सहभागिता रहेको थियो । 

प्रतिक्रिया