Bisal Chautari Logo

हमालदेखी चर्चित गायक, गायिका भूकम्पको त्रास हटाउन पोखरामा भव्य कार्यक्रम

- १६ जेष्ठ २०७२, शनिबार १६:०१ मा प्रकाशित


rajesh hamal and singer Overcome fear of earthquakes Program in Pokhara
सन्देश श्रेष्ठ
पोखरा, २०७२ जेष्ठ १६ शनिवार । भूकम्पबाट शिथिल भएको पर्यटन क्षेत्र उकास्नका लागि पोखरामा शनिबार भव्य सांगीतिक कार्यक्रम सम्पन्न गरिएको छ । शुक्रबार नै गर्ने भनिएको कार्यक्रम पानी परेर शनिबार गरिएको हो । कार्यक्रममा महानायक राजेश हमालले नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको बताए ।

rajesh hamal and singer Overcome fear of earthquakes Program in Pokhara
विशेष उपस्थिति जनाएका उनले विदेशमा रहँदा भूकम्प आएकाले निकै क्षति भएको जस्तो लागेपनि सोंचेभन्दा कम क्षति भएको र पर्यटन क्षेत्र सुरक्षित रहेको दाबी गरे । हमालले सबै मिलेर भूकम्पले पुर्‍याएको क्षति पुननिर्माणमा लाग्नुपर्ने भन्दै नेपाल सुरक्षित भएकाले पर्यटकलाई नेपाल आउन अपिल गरे ।
कलाकारहरु जेम्स प्रधान, आस्था राउत, धर्मेन्द्र सेवान, अनुप्रष्थ, अभय एण्ड स्टिम इन्जिन्स, रक स्टेरियो, प्रयत्न एण्ड ब्याण्ड, सत्य, स्वरुप, सितल मोक्तान, शिवानी मोक्तान, प्राश्ना शाक्य लगायतले राष्ट्िरय भावनाले ओतप्रोत भएका गीतसंगीत प्रस्तुत गरे ।
पोखरेली पर्यटन व्यवसायीहरुले स्थानीय कलाकारहरुको सहयोगमा गरेको ‘पूनर्जागरणका लागि संगीत’ कार्यक्रममा हजारौं दर्शक सहभागी भएका थिए । लेकसाईडस्थित अम्बोटमा गरिएको कार्यक्रममा कलाकारहरुको प्रस्तुती र दर्शकको उपस्थिति देख्दा लाग्थ्यो, पोखरामा भुकम्पको कुनै प्रभाव छैन । कार्यक्रममा सहभागिहरुले नेपालको झण्डा प्रदर्शन गरेका थिए भने ‘पुर्नजागरणका लागि संगीत’ लेखिएको लोगो अंकित टिसर्ट लगाएका थिए ।
उपस्थित कलाकारहरुले राष्ट्रिय गीतसंगीत प्रस्तुत गर्दा सम्पूर्ण पोखरेली भावविहृवल हुँदै कलाकारहरुसँगै हो मा हो मिलाए । गीत र संगीतमा रमेका पोखरेलीले भुकम्पको त्रास बिर्सेर कलाकारहरुलाई साथ दिए । भुकम्पको त्रास हटाएर पहिलेकै अवस्थामा फर्काउने उद्धेश्यले गरिएको कार्यक्रम सफल भएको ईभेन्ट संयोजक गोपीबहादुर भट्टराईले बताए । उनले केही क्षण भएपनि दर्शकले मनोरञ्जनमार्फत भूकम्पको त्रास बिर्सेको बताउँदै अब दैनिकीमा र्फकन पनि कार्यक्रमले सघाउने विश्वास व्यक्त गरे । भट्टराईले टिसर्ट बित्र,ीबाट आएको बचत रकम भुकम्प पीडितलाई राहत प्रदान गरिने जानकारी दिए । : अनलाइनखबर

प्रतिक्रिया