Bisal Chautari Logo

जनतालाई पुर्व सुचना नदिई गरिएको बन्द १२ बजेदेखि फिर्ता

- २२ भाद्र २०७०, शनिबार ०७:५७ मा प्रकाशित


२२ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीले कार्यकर्ता हत्याको विरोधमा आयोजना गरेको काठमाण्डौं, चितवन र गोरखा बन्द १२ बजेदेखि फिर्ता लिएको छ । तीजको दिन पारेर गरिएको बन्द घोषणा प्रति सर्वत्र निन्दा हुन थालेपछि माओवादी नेताहरुले मध्यान्ह १२ बजेदेखि बन्द फिर्ताको घोषणा गरेका हुन् ।

‘महिलाहरुको महान पर्व तीज परेकाले उहाँहरुको आग्रह अनुसार बन्द फिर्ता लिने निर्णय गरिएको हो,’ एमाओवादी नेता देवेन्द्र पौडेलले बताएका छन् । जनतालाई कुनै पूर्वसूचना नदिई एकीकृत माओवादीले अकस्मात् काठमाडौं, गोरखा र चितवन बन्दको घोषणा गरेपछि शनिबार बिहानैदेखि आफ्नो गन्तव्यमा हिँडेका यात्रुहरु अलपत्र परेका थिए । चाडको बेलामा अकस्मात गरिएको बन्दप्रति जनतामा तिव्र असन्तुष्टि बढेपछि एमाओवादी नेताहर केही घण्टापछि नै बन्द फिर्ता लिने निर्णय गर्न बाध्य भएका हुन् । बन्दका क्रममा कलंकी र प्रदर्शनी मार्गलगायतका स्थानमा एमाओवादी कार्यकर्ताले स्थानीयबासी र प्रहरीको पिटाईसमेत खाएका थिए ।

प्रतिक्रिया