Bisal Chautari Logo

ज्याकी च्यानले नेपाली भूकम्पपीडितका लागि ७७ लाख सहयोग गरे

- २९ बैशाख २०७२, मंगलवार ०५:३७ मा प्रकाशित


Jackie Chan donates for Nepal Earthquake victims US $100K
विशाल चौतारी समाचार
सिंगापुर, २०७२ बैशाख २९ मंगलबार । हलिउड अभिनेता ज्याकी च्यानले नेपाली भूकम्पपीडितका लागि एक लाख सिंगापुर डलर सहयोग गरेका छन् । सिंगापुरमा गत शनिबार आयोजना गरिएको ‘नेपाल अर्थक्वेक रिलिफ फन्ड’ नामक कोष स्थापना कार्यक्रममा सहभागिता जनाउदै च्यानले करिब ७७ लाख नेपाली रुपैया सहयोग गरेका हुन् ।

Jackie Chan donates for Nepal Earthquake victims US $100K-1
ज्याकी च्यानबाट थप सहयोग आउन सक्ने सम्भावना रहेको पनि स्रोतले उल्लेख गरेको छ । सिंगापुरमा रहेका नेपाल सरकारका प्रतिनिधिहरु ज्याकी च्यान च्यारिटेबल फाउन्डेसनसग सम्पर्कमा रहेको र च्यानले व्यक्तिगत रुपमा पनि नेपालमा राहतका सामान पठाउने तयारी गरिरहेको च्यानको ब्लग ’सुपरच्यान ज्याकी च्यान’मा उल्लेख गरिएको छ । अभिनेता च्यानले सन् २०११ मा जापानका सुनामी पीडितका लागि लाखौं डलर उठाइदिएका थिए ।

Jackie Chan donates for Nepal Earthquake victims US $100K

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया