Bisal Chautari Logo

घरभाडा बढाए १०० मा कल गर्नुहोस् || सरकारले कडा कारबाही गर्ने

- २६ बैशाख २०७२, शनिबार १३:४३ मा प्रकाशित


BJNG3Nkathmandu Home rent Adds 100 in the call – earthquake
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख २६ शनिबार । सरकारले भूकम्पको मारमा परेका बेला घरभाडा बढाउने धनीलाई तत्काल कडा कारबाही गर्ने भएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गरी काठमाडौं, भक्तपुर र ललितपुरका कुनै पनि घरधनीले भाडा बढाए कानुनअनुसार कडा कारबाही गर्ने जनाएको छ ।

BJNG3N
भूकम्पबाट धेरै घर क्षति हुन पुगी विषम परिस्थिति सिर्जना भएको यस घडिमा काठमाडौं, भक्तपुर र ललिपुरका केही घरधनीले घरभाडा वृद्धि गरेका छन् भन्ने समाचारप्रति गृह मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’, गृह प्रवक्ता लक्ष्मीप्रसाद ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ’कसैबाट विषम परिस्थितिको फाइदा उठाउादै घरभाडा वृद्धि गर्नेजस्ता कार्य भएरगरेको पाइएमा कानुनबमोजिम सख्त कारबाही गर्न सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन गरिन्छ।’
गृहले पीडाका बेला सहयोग गर्नुपर्ने यस घडीमा उल्टो घर भाडा वृद्धि गर्ने कार्य सामाजिक, नैतिक र कानुनी दृष्टिकोणबाट समेत अनुपयुक्त भएकाले सबैलाई त्यस्ता कार्य नगर्न आग्रह गरेको छ ।
गृहले कसैबाट त्यस्तो कार्य भएको भेटिएमा तत्काल नजिकको सुरक्षा निकायको टेलिफोन नम्बर १००, कल सेन्टरको टेलिफोन नम्वर १२३४ र सशस्त्र प्रहरी बलको टेलिफोन नम्बर १११४ मा खबर गर्न पनि आग्रह गरेको छ ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया