Bisal Chautari Logo

चर्चित अभिनेत्री जुली बोवेन नेपाली भूकम्प पीडितका लागि सडकमा कागती पानी बेच्दै

- २६ बैशाख २०७२, शनिबार १२:१९ मा प्रकाशित


Julie Bowen Nepal earthquake victims in a Supporting  Role
एजेन्सि
क्यालिफोर्निया, २०७२ बैशाख २६ शनिबार । गत वैशाख १२ गते नेपालमा विनाशकारी भूकम्पमा परी पिडितहरुका लागी संसारभरका सेलिव्रेटिहरुले विभिन्न किसिमले सहयोग गर्ने क्रम जारिरहेको छ । यस्तै क्रममा चर्चित अमेरिकी अभिनेत्री जुली बोवेनले नेपाली भूकम्प पीडितका लागि सडकमा कागती पानी बेचेकी छिन् ।

Julie Bowen Nepal earthquake victims in a Supporting  Role
डेलिमेलका अनुसार गत बिहीबार अपरान्ह क्यालिफोर्नियाको हाइकिङ रुट फ्राइम्यान क्यानोनमा कागती पानी बेच्दै थिइन् । आफ्ना तीन जना बच्चालाई साथमा लिएर उनले आफ्नो घरमै बनाएको कागती पानी लिएर बसेकी थिइन् । ‘लेमोनएड फर नेपाल’ अर्थात नेपालका लागि कागती पानी लेखिएको प्लेकार्ड समेत थियो उनको साथमा । त्यो रुटमा हाइकिङमा आएका पर्यटकले जुलीको हातबाट कागती पानी किने र नेपालका भूकम्प पीडितका लागि केही रकम सहयोग गरे ।

Julie Bowen Nepal earthquake victims in a Supporting  Role-1
उनले कागती पानी बेचेर जम्मा गरेको पैसा धेरै नभए पनि उनीजस्ता चर्चित सेलिब्रिटीले नेपालका लागि यतिबेला सहयोगको आबश्यकता छ भन्ने सन्देश फैलाउन निकै ठूलो भूमिका खेलेका छन् । र अहिले उनको यो कागतीपानी बेचेर गरेको सहयोगको चर्चा बढिरहेको छ । अहिले उनको नाम गुगलमा चर्च गर्दा अगाडी यही समाचारले प्राथमिकता पाएको छ ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया