Bisal Chautari Logo

तिन सेलिव्रेटिले दरमा केके खाए ?

- २२ भाद्र २०७०, शनिबार १४:५९ मा प्रकाशित


नेपाली नारीहरुको महान चाड तीजको आज दरखाने दिन । भोलीदेखि व्रत बस्नुपर्ने हुनाले परम्परादेखि नै आज दिदिबहिनीहरु भेला भएर मिठामसिनो खाने प्रचलन छ । पछिल्लो समय दर खाने दिन विशेष उत्सवका रुपमा मनाइन थालेका छ । व्रत नबस्ने भएपनि मीठोमसिनो खाने दिनका यो पर्व सबैले मनाउछन् । यही अवसरमा तिन सेलिव्रेटीहरुको मनपर्ने दर परिकार के–के हुन् त ? 
केकि अधिकारी (अभिनेत्री) :– खीर मलाई असाध्यै मनपर्छ । काँक्रा, आलु र आँपको अचार असाध्यै मीठो मानेर खान्छु । मेरो दरमा मटन पनि पर्छ ।

आस्था राउत (गायिका) :– म खानामा विशेष परिकार खोज्ने मान्छे होइन । कम मसलायुक्त परिकार धेरै खाइन्छ । मामाघरमा बन्ने भेजटाइपको दर खुब रुच्छ ।

मिलन अमात्य (गायिका) :– मलाई सागका परिकार मनपर्छ । खीर त कसलाई पो नरुच्ला र ? नेवार समुदायमा तीज त्यति नमनाउने भएकाले घरमा दर बन्दैन । अरुको घरमा दर खान बोलाउछन् । दरमा मीठै परिकार पकाउने भएकाले मन पर्छ । साभार :–मनोञ्जन संसार

प्रतिक्रिया