Bisal Chautari Logo

राहतका नाममा थोत्रा लुगा र च्यातिएका मोजा भूकम्प पीडितलाई

- २४ बैशाख २०७२, बिहीबार ०९:५५ मा प्रकाशित


Relief in the name of old clothes and rip stockings earthquake victims in Ramechhap 
विशाल चौतारी समाचार
रामेछाप, २०७२ बैशाख २४ बिहिबार । यही वैशाख १२ गते आएको विनासकारी भूकम्पबाट नेपालमा ठूलो जनधनको क्षति भएको छ । हालसम्म साढे सात हजार भन्दा धेरैको मृत्यु भैसकेको छ भने झण्डै १५ हजार घाइते भएका छन् । लाखौं मानिस घरबारविहीन भएका छन् ।

Relief in the name of old clothes and rip stockings earthquake victims in Ramechhap
यस्तो विपत्तिमा परेकाहरुलाई विभिन्न क्षेत्रबाट मनदेखि नै सहयोग गर्ने क्रम पनि चलिरहेको छ । तर कतिपयले सहयोगको नाममा पीडितहरुको मानवीय संवेदना माथि खेलवाड गरिरहेका छन् ।
रामेछापमा पठाइएको राहात सामाग्रीमा यस्तै देखिएको छ । भारतको सिक्किमबाट पठाइएको राहात सामाग्रीमा अधिकांश लगाउनै नमिल्ने थोत्रा लुगाहरु छन् । पत्रकारहरु समेतको उपस्थितिमा हेरिएको राहतका पोकामा जिल्ला देवीप्रकोप उद्धार समितिका कर्मचारीहरुले च्यातिएका मोजा तथा काम नलाग्ने थोत्रा लुगा फेला पारेका थिए । ति लुगाहरु काम नलाग्ने पाइएपछि त्यतिकै थन्क्याएर राखिएको छ ।
काठमाडौंका कनकभुषण सुवेदीले मन्थली नगरपालिका २ को हाटेचौर क्षेत्रका माझी समुदायलाई वितरण गरेको राहत सामाग्रीमा पनि लगाउन नमिल्ने लुगाहरु भेटिएका छन् । च्यातिएर काम नलाग्ने लुगा वितरण गरिएपछि स्थानीयवासी आक्रोशित भएका छन् ।
पीडितहरुले आफूहरुको संवेदनामाथि खेलवाड गरेको भन्दै राहात सामाग्री बााड्न गएकाहरुमा माथि बुधबार हातपात समेत गरेका थिए । उनीहरुले ती सामानहरु वितरण गर्न गएका मानिसहरुकै अगाडी फालिदिएका थिए ।
खाने तेल प्याक गरिएका केही कार्टुन भित्र पानीसमेत फेला परेको छ । यसबाट पीडित र दैवीप्रकोप उद्धार समितिका कर्मचारीहरुलाई समेत थप पीडित बनाएको उद्धार कार्यमा संलग्न एक कर्मचारीले बताए ।
‘कतिपय सहयोग गर्ने भन्दा पनि घुम्ने हिसावले आएको पनि देखियो । त्यसैले उनीहरु गम्भिर देखिएनन्,’ ती कर्मचारीले भने, ‘मानवीय संवेदनाको यस्तो घडीमा गरिएको खेलवाड क्षम्य हुादैन ।’ साभार : अनलाइन खबर डटकम

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया