Bisal Chautari Logo

कोरियन अभिनेता ली र गायिका आइ ले पनि भुकम्प पिडितका लागी १–१ करोड सहयोग गरे

- २३ बैशाख २०७२, बुधबार १३:४७ मा प्रकाशित


Lee Min Ho and IU Victims Of The Nepal Earthquake 2015
एजेन्सी
काठमाडौ, २०७२ बैशाख २३ बुधबार । गत बैशाख १२ गते गएको महा–भूकम्पबाट पिडित नेपाली बालबालिका सहयोग अभियानको सिलसिलालाई कोरियन कलाकारहरुले पनि जोड दिएका छन् । चर्चित कोरियन अभिनेता Lee Min Hoले र गायिका तथा अभिनेत्री IU ले भूकम्प पीडित बालबालिकालाई १–१ करोड रुपैया प्रदान गरेका हुन् ।

Lee Min Ho and IU Victims Of The Nepal Earthquake 2015
नेपालको भूकम्प पिडित बालबालिकाहरुलाई युनिसेफ कोरियामार्फत करिब १ करोड रुपैयाा सहयोग गरेको आज मंगलबार उनले आफ्नो ग्लोबल फेन क्लब मिनोजको नामबाट सो रकम जम्मा गरेका हुन् । सुपरस्टार अभिनेता मानिने हो कोरियाकै महंगा कलाकारमा गनिन्छन, भने उनको नेपालमापनि फ्यानहरु बढी रहेको पाइन्छ । उनले अभिनय गरेको ‘कोछ बोदा नाम्जा’ एशियामा चर्चित छ ।
त्यस्तै गायिका तथा अभिनेत्री आइ युले पनि भूकम्प पीडित बालबालिकालाई १ करोड रुपैया ग्लोबल चिल्ड्रेन फाउन्डेसनमा सो रकम सोमबार जम्मा गरेकी हुन् । लो एन ट्री इन्टरटेनमेन्टसंग संलग्न रहेकी २२ बर्षीय इ नेपाली बालबालिकालाई धेरै सहयोग गर्ने कान्छी कोरियन सेलिब्रेटी हुन् । त्यस्तै पूर्ब मिस कोरिया तथा अभिनेत्री कीन सङ र्यङले १० लाख रुपैया सहयोग गरेकी छिन् । उनि प्लान इन्टरनेसनल सद्भावना दूत हुन् । कोरियाकै चचिर्त आइडल ग्रुप ‘गल्स डे’ ले पनि १० लाख रुपैयाा सहयोग गरेको छ । तथा कोरियन सेलिव्रेटीहरुले सहयोग गर्ने क्रम जारी रहेको छ ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया