Bisal Chautari Logo

पुख्यौलि घरमा पुर्व प्रधानमन्त्रि नेपालले फोटो खिचाउन झाडु लगाए

- २२ भाद्र २०७०, शनिबार १६:४५ मा प्रकाशित


२२ भाद्र रौतहट। 
 नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमारले आफ्नो पुख्र्यौलि जिल्ला रौताहटको सडकमा झाडु लगाएका छन् । नेपालले गौर नगरपालिकाले शनिबार आयोजना गरेको सरसफाइ र्‍याली उद्घाटन गर्दै मन्तव्यमा सरसफाइमा ध्यान दिन सबैले आग्रहपनि गरे ।

कार्यक्रममा सहरी विकास मन्त्रालयअन्तर्गत फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रकी प्रमुख डा. सुमित्रा अमात्यले विभिन्न रोगबाट बच्न सरसफाइ मात्र विकल्प रहेको बताइन् । स्थानीय नेपाल–भारत सीमा क्षेत्रस्थित क्रातिद्धरबाट सुरु भएको सरसफाइ कार्यक्रम नगरको विभिन्न भागमा सञ्चालन भएको थियो । जहा नेपालले झाडु लगाउदै फोटो खिचाएका थिए ।

प्रतिक्रिया