Bisal Chautari Logo

सुनिलको–‘होस्टेल’ युएस राइट्स २५ लाखमा विक्रि

- २३ भाद्र २०७०, आईतवार ०५:५३ मा प्रकाशित


२३ भाद्र, काठमाडौ । गत शुक्रवारदेखि अलनेपाल रिलिजमा आएको चलचित्र होस्टेलको युएस राइट्स २५ लाखमा विक्रि भएको चलचित्रका निर्माता सुनिल रावलले बताएका छन् । युएसका सबै स्टेट्समा चलचित्र देखाउने गरी नेपप रेकर्डस् कम्पनीले शनिवार उक्त सम्झौता गरेको हो ।
नेपालमा दोस्रो हप्तामा चलिहरको चलचित्रको युएसमा पनि उत्तिकै माग रहेको भन्दै नेपप रेकर्डस्ले त्यहाँ प्रदर्शन गर्न यति मोटो रकम खचिर्एको हो । नेपप रेकर्डस्का तर्फबाट काठमाडौँ ब्रान्चका एरिया डिरेक्टर सुदिप भजु र दुर्गेश फिल्मस्का तर्फबाट निर्माता सुनिल रावलले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
युएस राइट्स आफूले लिएको बताउदै सुदिपले भने, ‘हामी जतिसक्दो चाँडो युएसमा रहेका दर्शक समक्ष होस्टेल पुर्‍याउने छौँ ।’ मुख्य शाखा अमेरिकामा रहेको कम्पनीले इन्टरटेन नेपालमार्फत फिल्मको अनलाइन डिस्ट्रिब्युसन पनि गर्दछ ।

प्रतिक्रिया