Bisal Chautari Logo

१३ वर्ष पुरानो मुद्दामा अदालतद्वारा सलमान दोषी ठहर

- २३ बैशाख २०७२, बुधबार ०६:३८ मा प्रकाशित


Salman Khan Court convicted
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख २३ बुधबार । मुम्बई स्थित सेसन कोर्टले सलमानको १३ वर्ष पुरानो मुद्दामा सलमानलाई दोषी ठहर गरेको छ । अदालतले घटनाको समयमा गाडी सलमानले नै चलाएको पनि पुष्टि गरेको छ ।

Salman Khan Court convicted

अदालतले सलमानखानलाई भवितव्य हत्याको मामिलामा दोषी ठहर गरेको हो । उनलाई अधिक्तम १० वर्षको कैद सजाय हुनसक्नेछ। त्यस्तै अदालतले सलमानले गाडी चलाउादा मादक पदार्थ सेवन गरेको पनि प्रमाणित गरेको छ । दोषी पाइएपछि उनको गिरफ्तारी र कैद सजायका बारेमा अदालतमा बहस जारी छ ।
अदालतले सलमानलाई ३ वर्षभन्दा बढीको सजाय तोकेको खण्डमा आजै जेल जाने सम्भावना रहेको छ। जमानतका नपाएसम्म उनी जेलमा बस्नुपर्नेछ ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया