Bisal Chautari Logo

नेपाललाई उद्धार र राहतका लागि अमेरिकाले थप 1 अर्ब र बेलायतले साढे 2 अर्ब सहयोग गर्ने

- २२ बैशाख २०७२, मंगलवार १६:५६ मा प्रकाशित


nepal earthquake The US further 1 billion And Britain and a half to 2 billion assistance
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख २१ आइतबार । अमेरिकाले नेपाललाई तत्काल उद्धार र राहतका लागि थप एक अर्बभन्दा बढी रुपैयाा राहत सहयोगको घोषणा गरेको छ । अमेरिकी सहयोग नियोग (यूएसएआईडी) का कार्यवाहक प्रशासक अल्फन्जो डब्लु. लेन्हार्टले प्रधानमन्त्री सुशील कोइरालालाई मंगलबार भेटी सहयोगको घोषणा गरेका हुन् । तर यो रकम सरकारी कोषबाट मात्र नभएर अन्तराष्ट्रिय तथा राष्ट्रिय गैरसरकारी संस्थाहरुमार्फत् परिचालन गर्ने जानकारी लेन्हार्टले दिएका छन् ।

nepal earthquake The US further 1 billion And Britain and a half to 2 billion assistance
प्रधानमन्त्रीले दाताहरूलाई सरकारको समन्वयमा मात्र खर्च गर्नपर्नेमा जोड दिएका छन । लेन्हार्टले विनासकारी भूकम्पबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै अमेरिकी सरकार र जनताको तर्फबाट राष्ट्रपति वाराक ओवामाले प्रधानमन्त्री कोइराला, नेपाल सरकार र पीडित जनताहरुप्रीत सहानुभूति र समवेदना पठाएको जानकारी गराए ।
अमेरिकाले यसअघि घोषणा गरेको १५ मिलियन अमेरिकी डलर (करिव एक अर्ब पचास करोड) र सोमबार घोषित ११ (करिव एक अर्ब दश करोड) मिलियन गरी कुल २६ मिलियन डलर (दुई अर्व साठी करोड) सहयोग दिने जानकारी दिएका थिए । उनले नेपालमा परेको विपत्तिको व्यवस्थापन गर्न तथा राहत र पुनर्निर्माणमा सघाउन सक्षम टोलीसहित नेपालमा आएको बताउादै यहााको अवस्था सामान्य नआएसम्म आफूहरुको सहयोग जारी रहने बताएका छन् ।
उनले भूकम्प पीडितलाई राहत, पुनस्थापना र पुर्न्निर्माणको एकै लक्ष्यमा अन्य देशका सेनासंग साथसाथै काम गर्न अमेरिका तयार रहेको जानकारी गराए । उनले अमेरिकाबाट आएका विमानहरु राहत सामग्री र्पुयाउन उपयोगी हुने उल्लेख गर्दै विपत्तिपछि जनजीवनलाई सामान्य अवस्थामा ल्याउन आफूहरु तयार रहेको भन्दै तत्कालै सबै फर्केर नजाने जानकारी दिएका थिए ।
प्रधानमन्त्रीसागको भेटपछि अमेरिकी यूएसएडका लेन्हार्टले संचारकर्मीहरुसाग भने, ’नेपालको यस्तो विपत्तिमा हाम्रो साथ रहनेछ र थप सहयोग गर्दै जानेछौं । उद्धार कार्य सकिएकोले राहत र पुर्नस्थापनमा हामी केन्द्रित हुन्छौ ।’
पत्रकार सम्मेलनमा अमेरिकी सेनाको व्रिगेडियर जनरल पावल केनडीले नेपालमा गरिएको उद्धार सफल मिसनको रुपमा रहेको जानकारी दिए । नेपाली सेनाको संयोजनमा यसरी उद्धार गरेर धेरै नेपालीलाई बचाउन गरिएको कार्य ऐतिहासिक रहेको बताए ।

राजदूत बोडीले पनि अव राहत कार्यमा अमेरिकीहरु लाग्ने भन्दै त्यसको लागि आफूहरूले सरकारसंग मात्र होइन अन्य निकायसंग पनि मिलेर काम गर्ने जानकारी दिए । लेन्हार्टले नेपालको विकास कार्यमा मात्र होइन तत्काल राहतमा पनि आफूहरु केन्द्रित रहने बताए । उनले यसमा कुनै कमि आउन नदिन अमेरिकी सरकार सचेत रहेको बताए ।
बेलायती सहयोग
नेपालका लागि बेलायतका कार्यबाहक राजदूत जोन रन्किनले नेपालमा हालै आएको भूकम्पबाट भएको जनधनको ठूलो क्षतिप्रति बेलायती महारानी, बेलायत सरकार, आफू र बेलायती जनताको तर्फबाट सहानुभूति प्रकट गरेका छन् ।
कार्यबाहक राजदूत रन्किनले बेलायत सरकारले भूकम्प पीडितहरुका लागि २ करोड २८ लाख पाउण्ड करिव दुई अर्व ५३ करोड रुपैयाा सहयोग गर्ने बताए । बेलायतका जनताको स्वेच्छिक योगदानबाट ३ करोड ३० लाख पाउण्ड (करिव ३ अर्व ६६ करोड ) रुपैयाा सहयोग आउन लागेको समेत जानकारी गराए । उनले आफ्नो देशले नेपालमा भूकम्पको जोखिमरहित भवन बनाउन अन्तराष्ट्रिय समुदायसंग समन्वय गर्ने समेत जानकारी दिए ।
कार्यबाहक राजदूत रन्किनले बेलायतले राहत वितरणलाई सघाउ र्पुयाउन चिनियाा हेलिकोप्टर दिएको जानकारी दिए । यी हेलिकोप्टरहरुले विश्व खाद्य कार्यक्रमबाट दिइएको सामग्री भूकम्प प्रभावित पीडित रहेका स्थानमा छिटो र्पुयाउन सघाउने पनि बताए ।
दुवै भेटपछि कोइरालाले नेपालले कल्पनै नगरेको विपत्तिको सामना गर्नुपरेको बताएका थिए । भूकम्पको इपिसेन्टर मानिएको गोर्खाका वारपाक, लाप्राक लगायतका क्षेत्रको स्थलगत अवलोकन गरेर फर्केको बताउादै प्रधानमन्त्रीले सबै पीडितहरुका लागि वस्ने ओतका लागि टेण्ट वा पाल, खाद्य सामाग्री, औषधी र म्याट आवश्यक भएको जानकारी उनीहरुलाई दिए । प्रधानमन्त्रीले पीडितहरुको अल्पकालिन व्यवस्थापन गर्न नसकिए उनीहरुलाई छिट्टै शुरु हुने बर्षा यामबाट जोगाउन कठिन हुने बताएका थिए ।
कोइरालाले तत्काल व्यवस्थापन पछि पीडितहरुको पुनस्थापना र पुनर्निर्माणको लागि सरकारलाई पुन: सहयोगको आवश्यकता पर्ने औल्याउदै सरकारले यसको लागि २ सय अर्ब रुपैयाको कोष स्थापना गर्ने निर्णय गरेको र नेपालले त्यसको २० अर्ब रुपैयाको बीऊ पूाजी राखिसकेको बताउदै त्यसका थप सहयोग गर्न आग्रह गरेका छन् । साभार : इकान्तिपुर

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया