Bisal Chautari Logo

नेपाल ! नेपाल !! नेपाल !!! भन्दै नेपाल र अफगानिस्तानबीचको खेल सुरु (लाईभ हेर्नुहोला)

- २३ भाद्र २०७०, आईतवार १२:५५ मा प्रकाशित


२३ भाद्र, काठमाडौ । नेपाल र अफगानिस्तानबीचको खेल सुरु भएको छ । खेल सुरु हुन तीन घन्टाअघि देखि नेपाली समर्थकहरु दशरथ रंगशाला ओइरिएका थिए । रंगशालामा छिर्ने हरेक बाटा–गल्लीमा युवा समर्थकहरु आफ्ना गालामा चन्द्र–सूर्य अंकित झन्डा पेन्ट गर्न ब्यस्त देखिन्थे । रंगशालाभित्रको रौनक नेपालका सर्मथकहरुको एउटै स्वर नेपाल! नेपाल!! नेपाल!! भन्दै चिच्याइरहेका देखिन्थे, सुनिन्थे । रंगशाला छिर्न लागेका नेपाली टिमका खेलाडीहरुलाई गेटमा सयौं समर्थकले स्वागत गरे । हेरौ नागरिकका सम्वाददाता मदन चौधरीको फोटो फिचर :–









प्रतिक्रिया