Bisal Chautari Logo

पहिरो पन्छाउदै २ दिनमा पुगेको चंखे यूनिटको राहत सामग्री भोटे सेलाङमा लुटियो

- २१ बैशाख २०७२, सोमबार ११:४० मा प्रकाशित


Chankhe Shankhe Pankhe Movie earthquake Nepal victims help relief stolen
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख २१ आइतबार । सिन्धुपाल्चोकको अति विकट गाउ सेलाङबारीका लागि राहत सामग्री लिएर जाादै गरेको चलचित्र ‘चंखे शंखे पंखे’ यूनिटको राहतलाई भोटे सेलाङका गाउलेहरुले लुटेका छन् ।

Chankhe Shankhe Pankhe Movie earthquake Nepal victims help relief stolenसिन्धुपाल्चोकको अति विकट गाउ सेलाङबारीका लागि राहत सामग्री लिएर जादै गर्दा पहिरो पन्छाउदै चलचित्र ‘चंखे, पंखे, शंखे’ युनिट । तस्बिर : अनुप भट्टराई

२ दिन लगाएर बाटोमा झरेका करिब २० बढी ठूला पहिरो र भत्किएका घरहरु पन्छाउादै सेलाङबारी पुग्ने बेलामा चंखे यूनिटको राहतलाई भोटे सेलाङका गाउालेहरुले आईतबार राति लुटेका हुन । स्थानिय जिविसको सहयोगमा डोजर लिएर बाटो पन्छाउादै उद्धारमा उत्रिएको चंखे यूनिटको राहतलाई सरकारी राहत ठान्दै भोटे सेलाङका गाउालेले लुटेको निर्देशक सुर्दशन थापाको भनाई छ । थापाका अनुसार फोन नचल्ने भएका कारण सुरछाकर्मीहरुको समेत सहयोग लिन नसकेपछि भोटेसेलाङका गाउालेहरुबाट राहत सामग्री जोगाउन नसकिएको हो ।
लुटिएको घटना बारे बताउादै थापा भन्छन् । हामीले बन्द रहेको बाटो समेत खोल्दै राहत लगेका थियौ तर जुन ठााउका लागि लगिएको हो त्यो ठााउ पुग्नु भन्दा करिब एक किलोमिटर अगाडीको भोटे सेलाङ गाउामा लुटिदा नरमाईलो भयो किन कि उक्त गाउामा हाम्रो राहतसंगै सरकारी राहत पनि पुगेको थियो र हाम्रै अगाडी बाडिएको पनि थियो । उनका अनुसार भोटेसेलाङका ३० घर धुरीका लागि सरकारले २० बोरा चामल लगायतका अन्य खाध्य सामग्र बाडेको अवस्थामा पनि लुटिनु परेको हो ।
राहत सामग्री भोटे सेलाङमा लुटिएपनि भूकम्प पीडितलेनै पाएका हुन तर जुन गाउका लागि भनेर लगिएको थियो सो गाउका मानिसहरुलाई आफ्नै हातले राहत बाढ्न नपाउदा अलि शान्ति भएन । निर्माता सन्तोष सेनको भनाई छ । सेनका अनुसार भोटे सेलाङमा भन्दा सेलाङबारीको अवस्था बढी नाजुक थियो त्यसकारण मान्छे समेत हिड्न नसक्ने गरी झरेका पहिरो पन्छाउादै करिब ४ लाख बराबरको राहत सामग्री लगिएको थियो जुन लुटिन पुग्यो ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया