Bisal Chautari Logo

पुरिएको ९ दिनपछि १०५ वर्षका बृद्धसहित ३ को जीवित उद्दार

- २० बैशाख २०७२, आईतवार १३:०७ मा प्रकाशित


nepal earthquake buried 9 days 105 years old was rescued alive
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख २० आइतबार । विनाशकारी महा–भूकम्पले घर भत्काएपछि पुरिएको ९ दिनपछि १०५ वर्षका बृद्धसहित ३ को जीवित उद्दार गरिएको छ । नुवाकोटको किम्ताङ गाविसमा भूकम्पको ९ दिनपछि १०५ वर्षीय बृद्ध फन्चु घलेको जीवितै उद्दार गरिएको छ । नेपाल प्रहरी र जापानी उद्दारकर्ता सम्मिलित टोलीले ती बृद्धलाई जीवित उद्दार गरेको हो । उद्दार भएकामा सिन्धुपाल्चोकको स्याउली गाविसका तीनजना र नुवाकोट किम्ताङ गाविसका एकजना हुन् ।

nepal earthquake buried 9 days 105 years old, was rescued alive
सशस्त्र प्रहरीको बिन्धवासिनी गण चन्द्रौटा कपिलवस्तुबाट झिकाइएका बिपत व्यवस्थापनमा तालिम प्राप्त सशस्त्र प्रहरीकर्मीले सिन्धुपाल्चोकको स्याउली गाविस ८, केराबारीमा दुई घरको भग्नावशेषभित्रबाट ३ जना सहित १०५ वर्षका बृद्धलाई जीवित उद्दार गरेका हुन् ।
स्याउलीमा पुगेका सशस्त्र प्रहरीले घरका भग्नावशेषमा जीवित मान्छे रहेको सूचना हेडक्वार्टरमा दिएपछि महानिरीक्षक कोषराज वन्तले सबै शक्ति सोही ठाउमा लगाएर उनीहरुको उद्दार गर्न निर्देशन दिएका थिए । सशस्त्रले एकै घरबाट २५ वर्षीया कन्चन खत्री र २६ वर्षीया ज्ञानकुमारी खत्रीलाई उद्दार गरेको छ भने अर्को छिमेकी घरबाट धनकुमारी खत्रीलाई जीवितै उद्दार गरिएको सशस्त्र प्रहरी उपरीक्षक अजय छतकुलीले जानकारी दिए । नौ दिनपछि जीवित उद्दार गरिएका तीनैजनालाई सशस्त्र प्रहरीले गाडीमा राखेर चौतारा अस्पतालतर्फ उपचारका लागि लगेको छ ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया