Bisal Chautari Logo

‘रेशम फिलिली’ टिमले भूकम्प पीडितलाई राहत वितरण गर्‍यो

- १९ बैशाख २०७२, शनिबार १०:२१ मा प्रकाशित


resham filili The team distributed relief to the victims of earthquakes
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख १९ शनिबार । महा– भुकम्प जान भन्दा एक दिन अगाडीदेखी रिलिजमा आएको चलचित्र ‘रेशम फिलिली’ टिमले भूकम्प पीडितलाई राहत वितरण गरेको छ । भूकम्प पीडितलाई केही हदसम्म भएपनि राहत होस् भन्दै रेशम फिलिली निर्माताले ५ लाख रुपैंया राहत दिने घोषणा निर्माता माधव वाग्ले र सिनेमाका टिमले गरेको छ । ५ लाख रुपैंयाको राहत कोष स्थापना गरेको उक्त चलचित्रले आगामी दिनमा सहयोगी हात फराकिलो बनाउने निर्णय गरेको छ ।

resham filili The team distributed relief to the victims of earthquakes
कोषमा जम्मा भएको रकम भुकम्प प्रभावित सरकारी विद्यालयलाई दिईने निर्माता माधव वाग्लेले बताए । साथै निर्माता वाग्ले, निर्मात्री रोजिता घले, निर्देशक प्रणय जोशी, अभिनेता विनय श्रेष्ठले थैवका स्थानिय वासिन्दालाई भुजा, चाउ चाउ, बिस्कुट, चिउरा, दालमोठ वितरण गरेका छन् ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया