Bisal Chautari Logo

विनाशकारी भुकम्पका कारण उभौली साकेला नमनाइने

- १९ बैशाख २०७२, शनिबार ०९:१७ मा प्रकाशित


Sakela Kirat festival not celebrated in reason EarthquakeSakela Kirat festival not celebrated in reason Earthquake
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख १९ शनिबार । विनाशकारी भुकम्पका कारण किरातहरूको महान चाड उभौली साकेला नमनाउने निर्णय गरिएको छ । किरात राई यायोक्खा केन्दीय कार्यसमिति, कोटेश्वर काठमाडौंले सुचना जारी गर्दै किरातहरूको महान चाड उभौली (साकेला) पनि यहि समयमा परिरहेको सन्दर्भमा यो विपतको घडिमा उभौली चाडालाई बिगतका समयहरुमा जस्तो हर्सोल्लासका साथ नमनाउने निर्णय गरिएको जनाएको छ ।

Sakela Kirat festival not celebrated in reason Earthquake
सार्वजनिक सुचनामा लेखिएको छ :–
किरात येले सम्वत् ५०७५(२०७२) साल वैशाख १२ गते गएको विनासकारी महाभुकम्पको कारण देशमा जनधनको ठूलो क्षती भएकाले देश अहिले शोकमा डुबेको छ । यो शोकको घडीमा स्वत स्फूर्तरूपमा राहत र मानवीय उद्धारको कार्यमा हामी सबै लागिरहेका छौं । किरातहरूको महान चाड उभौली (साकेला) पनि यहि समयमा परिरहेको सन्दर्भमा यो विपतको घडिमा उभौली चाडालाई बिगतका समयहरुमा जस्तो हर्सोल्लासका साथ नमनाउने निर्णय गरिएको जानकारी सहित किरात राई जन्य संघ संस्थाहरु, किरात राई यायोक्खा अन्तर्गतका सम्पूर्ण जिल्ला, नगर, प्रा.का.स., सबै आवद्ध थरगत/भाषिक संस्थाहरू, मातहतका सबै भातृसंस्थाहरू, विदेशमा रहेका सबै शाखा/सम्वन्धन संस्थाहरू र किरात राई समुदायलाई किरात येले सम्वत ५०७५ (सन् २०१५) को आसन्न किरातहरूको महान चााड उभौली साकेला साङकेतीत रूपमा पूजा मात्र गर्न हार्दिक अनुरोध गरिन्छ ।
किरात राई यायोक्खा
केन्दीय कार्यसमिति, कोटेश्वर काठमाडौं ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया