Bisal Chautari Logo

हमालको बिहेको तिथि बताउनेलाई चाँदीको हँसिया

- ४ जेष्ठ २०७१, आईतवार १६:२१ मा प्रकाशित


Hasiya-New-Nepali-Movie-rajesh-hamal
विशाल चौतारी समाचार 
काठमाडौं, २०७१, जेठ, ४ आइतवार । बलिउडमा सलमान खान बिबाह नगरेर एक पक्षबाट चर्चामा रहेका छन् । त्यस्तै नेपालमा महाअभिनेता राजेश हमालले बिबाह नगरेर पत्रकारहरुको एउटै प्रश्न बिबाह कहिले गर्ने ? भन्ने प्रश्नले चर्चामा रहने गरेका थिए ।
यस्तै क्रममा अभिनेता हमालले पहिलो पटक प्रेमिका सार्वजनिक गरेर विवाह गर्ने पक्का गरेका बेला प्रर्दशनमा आउँन लागेको चलचित्र ‘हँसिया’का निर्माताले पनि आफ्नो प्रचार गर्न भ्याएका छन् । चलचित्र निर्माण समूहले हमालको विवाहको मिति ठ्यक्कै मिलाउनेलाई भने सिनेमा ‘हँसिया’ले चाँदीको हँसिया प्रदान गर्ने चलचित्रका निर्देशक मिलन चाम्सले बताएका छन् । उत्तरलाई चलचित्र हसियाको अफिसियल फेसबुक पेजमा कमेन्ट गर्नुपर्नेछ ।
अभिनेता हमालले आफ्नो प्रेमिका सार्वजनिकको क्रममा बिबाहको ठ्याक्कै मिति नभनेकोपनि सायद यहि प्रचार शैलिकै लागी जस्तो देखीएको छ । ‘बिहे जेठ ९ या १० गते हुनसक्छ’– हमालले केही खुलाउदै भनेका थिए । बिहेमा आफ्ना रगतका नाता भएकाहरुलाई मात्र बोलाउने योजना राजेशको छ । 
अभिनेता राजेश हमालको पछिल्लो प्रर्दशन हुन लागेको चलचित्रपनि ‘हसिया’ नै भएकालेपनि प्रचारमा निकै खटेका छन् । अहिले सम्म उनले अभिनय गरेका सिनेमाहरुमा खासै प्रचार–प्रसारमा नहिड्ने अभिनेता हमाल हसिया प्रिमियरकै लागी युकेपनि केही समय अगाडी गएका थिए ।

प्रतिक्रिया