Bisal Chautari Logo

महा–भुकम्प गएको एक हप्तापछी आज शनिबारमात्रै ४ वटा भूकम्पको धक्का

- १९ बैशाख २०७२, शनिबार ०८:२१ मा प्रकाशित


Earthquake in nepal Today one week on Saturday 4 push
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख १९ शनिबार ।

११ बजेर २७ मिनेटमा ५ म्याग्निच्यूटको भूकम्प

गोरखाको वारपाकमा केन्द्र बिन्दु बनाएर ११ बजेर २७ मिनेटमा ५.१ को भूकम्प गएको भूकम्प मापन केन्द्रका भूकम्पविद मुकुन्द भट्टराईले जानकारी दिएका छन् । विनाशकारी भूकम्प गएको हप्ता दिन बितिसक्दा पनि सानातिना भूकम्प जाने क्रम अझै रोकिएको छैन । शनिबार बिहानमात्रै चार पटक भूकम्पको धक्का महसुस भइसकेको छ ।

Earthquake in nepal Today one week on Saturday 4 push
शनिबार बिहान ११ बजेर २७ मिनेटमा ५ म्याग्निच्यूटको भूकम्प गएको छ । लम्जुङको खुदीलाई केन्द्रबिन्दू भएर गएको सो भूकम्पको धक्का गोरखा, कास्की, नवलपरासी र सो आसपासका अन्य जिल्ला तथा काठमाडौं उपत्यकासम्म महसुस भएको थियो ।
शनिबार बिहानै ३ बजेर ५५ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएको ४.२ म्याग्निच्यूटको भूकम्प गयो । त्यसको दुई घण्टा नबित्दै बिहान ५ बजेर ५५ मिनेटमा पुन अर्को भूकम्प गयो । दोलखा केन्द्र भएर गएको त्यो भूकम्प ४.३ म्याग्निच्यूटको थियो । शनिबार गएको विनाशकारी भूकम्पसगै नेपालमा हालसमम्म चार रेक्टर भन्दामाथिका १२१ वटा भूकम्प गइसकेका छन् । ६ रेक्टर भन्दा मुनिका भूकम्पले असर नगर्ने भएकाले नआतिन राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया