Bisal Chautari Logo

नसाको प्यालामा जिवनले खन्याए रियाको टाउकोबाट बियर (भिडियो सहित)

- २४ भाद्र २०७०, सोमबार १२:२७ मा प्रकाशित


२४ भाद्र, काठमाडौं ।
‘आखामा नसाको प्याला’ बोलको गितमा कालो रंगको मिनिस्र्कट र टिसर्ट लगाएर डान्स बारमा नाच्दै गरेकि नव अभिनेत्री रिया श्रेष्ठलाई अभिनेता जिवन लुईटेलले टाउकोबाट रक्सि खन्याएका छन् । उनले आफ्नो सेक्सी अदामा ‘आँखामा नसाको प्याला’ बोलको गीत गाउँदै डान्स गरिन् । रियाको कम्मर मर्काइमा सयौं बियरको चुस्की लगाउने युवकहरु मातिएर उनीसँगै तालमा ताल मिलाउँदै थिए । प्रसंग हो छायाकनको क्रममा रहेको चलचित्र ‘सुकुलगुण्डा’को ।

आइतबार ठमेलको गोगोबारमा यस गितको सुटिङ भएको थियो, भने अभिनेत्री रिया र जीवनलगायत कलाकारहरु चलचित्रको सट् दिनमा व्यास्त रहेका थिए । ‘बिग्रिएका जीवन कतै पैसा लुटेपछि साथीहरुसँग पैसा उडाउन बियर बारमा पस्दछन्, त्यहि बियर बारमा उनले गर्ने मस्तीको एक दृश्य हो । मधुसुदन भट्टराईले निर्देशक गरिरहेको यस दृश्यबारे प्रस्ट्याउदै भने–‘साथीहरुसँग मिलेर बाहिर लुटमार मच्चाउने र त्यो पैसा डिस्कोमा लगेर उडाउने एक युवकको भुमिकामा अहिले अभिनय गरेको हूँ,’ सो दृश्यबारे अभिनेता जीवनले बताए । चलचित्रमा रियाको आइटम डान्स मात्र रहेको छ ।
चलचित्र ‘सुकुलगुण्डा’मा जीवनसँगै खुश्बु खड्का, श्रीदेवी भट्टराई, मधुसुदन भट्टराईलगायतका मुख्य भुमिकामा रहेका छन् । ज्योत्सना फिल्म प्रोडक्सनको ब्यनरमा राजेश शाक्य, रमेश बस्नेत महेश प्रसाद भण्डारीले चलचित्र संयुक्त रुपमा निर्माण गरेका हुन् ।साभार : ग्ल्यामरनेपाल

प्रतिक्रिया