Bisal Chautari Logo

भूकम्पले राजेश पायलको रेष्टुरेन्ट ध्वस्त हुदा ५० लाख बराबारको क्षती || १ को ज्यान गयो

- १४ बैशाख २०७२, सोमबार ०९:०७ मा प्रकाशित


rajesh payal rai restaurant Earthquake

तस्बिरहरु : विशाल राई
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख १३, सोमबार । गायक राजेश पायल राईले दुई बर्ष अघि किनेको रेष्टुरेन्टलाई महाभूकम्पले भत्काई दिएको छ । कमलपोखरी स्थित कृष्ण पाउारोटीको लाईनमा रहेको उनको रेष्टुरेन्ट निकै पुरानो रहेका कारण भूकम्पले ध्वस्त बनाएको बताइन्छ ।

rajesh payal rai restaurant Earthquake

केही महिना अगाडी अभिनेत्री केकी अधिकारीले रि ओपनिङ गरेको उनको रेष्टुरेन्टको नाम पनि हिट एल्बम दर्शन नमस्ते बाटै राखिएको थियो । शनिबार बिहानै आएको पहिलो भूकम्पले राईको रेष्टुरेन्टमा काम गर्ने वेटरका बाबुको ज्यान लिएको छ भने एउटा ऐभेन्जर बाईक र करिब ६० लाख बराबरका महंगा रक्सी र फर्निचर ध्वस्त भएको गायक राजेश पालय राईले बताएका छन् । राई मोरङमा रहेका कारण उनले भत्किएको आफ्नो रेष्टुरेन्टलाई हेर्न भने पाएका छैनन् । यस्तै राईकै रेष्टुरेन्टसंगै टासिएको एक पूरानो घर पनि पूर्ण रुपमा ध्वस्त हुादा ८२ बर्षीया बृद्धाले ज्यान गुमाएकी छिन् ।

rajesh payal rai restaurant Earthquake (2)
गायक राजेश पायलले बताए अनुसार छोरालाई भेट्न आएकै दिन राईको रेष्टुरेन्टमा काम गर्ने वेटरका बाबुले ज्यान गुमाएका हुन ।

rajesh payal rai and keki adhikari
गायक राजेश पायल राई र अभिनेत्री केकी अधिकारी केही महिना अगाडी होटलको उद्घाटनमा ।

प्रतिक्रिया