Bisal Chautari Logo

निर्माता बनेका आर्यनले गायक धिरजकी श्रीमति र नमृतालाई लिए

- २४ भाद्र २०७०, सोमबार १४:४० मा प्रकाशित


२४ भाद्र, काठमाडौ । पछिल्लो समयमा नेपालि अभिनेताहरु क्रमश: रुपमा निर्माताको रुपमा आउन थालेका छन् । यस्तै क्रममा अभिनेता आर्यन सिग्देल औपचारिक रुपमै नेपाली चलचित्रको निर्माता बनेका छन् । आज सोमवार पत्रकार सम्मेलन गरी उनले निर्माण गर्न लागेको नयाँ चलचित्र ‘नोभेम्बर रेन’को बारेमा जानकारी गराइएको थियो । नेपाली सांगीतिक क्षेत्रका चचिर्त गायक धिरज राइकी धर्मपत्नी छुल्थिम गुरुङ राईलेपनि यहि चलचित्रबाट डेव्यु गर्दैछिन । कार्यक्रममा बोल्दै निर्माता बनेका अभिनेता आर्यन सिग्देलले ‘नोभेम्बर रेन’लाई आफूले बनाएको चलचित्रमा भनेर गर्व गर्न योग्य बनाउने दाबी गरे । चलचित्रका निर्देशक दिनेश राउतले चलचित्र भनेको वास्तविक जीवन भन्दा परको र नभोगेको बिषयमा बन्ने भन्दै समिक्षकहरुलाई पहिले नै स्पष्टिकरण दिएका थिए । कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राई, चलचित्र पत्रकार संघका अध्यक्ष विदुर गिरी, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी लगायतले शुभकामना दिए ।
भद्र ३० गतेबाट छायांकनमा जाने यस चलचित्रमा अभिनेता आर्यन सिग्देल, अभिनेत्री नम्रता श्रेष्ठ, केशव भट्टराई, हिउवाला गौतम, अमितेश शाह, शिशिर राना, अल्पना कर्मचार्य, महेश त्रिपाठी, अर्जुन खड्का र राजु लामाको मुख्य भूमिका रहनेछ । आर्यन सिग्देल इन्टरटेन्मेन्टको प्रस्तुतीमा सुवास इन्टरटेन्मेन्टले यो चलचित्रलाई निर्माण गर्न लागेको हो । कमल राई कार्यकारी निर्माता रहेको यो सिनेमामा राजेश श्रेष्ठको छायांकन, सुरेन्द्र पौडेलको सम्पादन, चेतन गुरुङको लेखन, ताराप्रकाश लिम्बुको संगीत, हिमाल केसीको दन्द्ध, कविराज गहतराजको नृत्य निर्देशन रहने बताइएको छ । 

प्रतिक्रिया