Bisal Chautari Logo

‘क्लासिक’ जोडी आर्यन र नम्रताले ‘क्लोथ्स् नेपाल’ उद्घाटन गरे

- ११ बैशाख २०७२, शुक्रबार १६:१३ मा प्रकाशित


aaryan sigdel and namrata shrestha Classic Movie
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख ११, शुक्रबार । चलचित्र ‘क्लासिक’ जोडी आर्यन सिक्देल र नम्रता श्रेष्ठले ‘क्लोथ्स् नेपाल’ उद्घाटन गरेका छन् । चलचित्र ‘क्लासिक’को निर्माण यूनिटले ‘क्लोथ्स् नेपाल’सग पहिरन सहकार्य गरेको छ । चलचित्रको निर्माणका क्रममा प्रयोग हुने सम्पूर्ण पहिरनको व्यवस्थापन ‘क्लोथ्स् नेपाल’ले उपलब्ध गराउनेछ ।

aaryan sigdel and namrata shrestha Classic Movie
आफ्नो अनलाइन मार्फत व्यापार गर्दै आएको ‘क्लोथ्स् नेपाल’ले काठमाण्डौको तिनकुनेमा स्टोरको पनि औपचारिक सुरुवात गरेका छ । चलचित्र ‘क्लासिक’का मुख्य कलाकार आर्यन सिग्देल र नम्रता श्रेष्ठले रिबन काटेर ‘क्लोथ्स् नेपाल’को औपचारिक रुपमा उद्घाटन गरेका हुन् । यस्तै, चलचित्रका निर्देशक दिनेश राउत, लाइन प्रोड्यूसर जिवन भाई, ब्राण्ड म्यानेजर अतुलराज मैनालीले स्टोरको सफलताको शुभकामना दिएका थिए । यो स्टोरमा युवापुस्ताको रोजाइका सम्पूर्ण पहिरन उपलब्ध हुने यसका संचालक रघु थापाले जानकारी दिएका छन् ।
संञ्चालक थापाले चलचित्रसग आफ्नो पोशाक सहकार्य गर्न पाउादा खुशी लागेको बताए । दिनेश राउतको निर्देशनमा सुवास गिरी र आर्यन सिग्देलले मिलेर बनाउन लागेको यो चलचित्रमा ताराप्रकाश लिम्बुको संगीत, राजेश श्रेष्ठको छायांकन, छेतन गुरुङको कथा रहनेछ । चलचित्रको छायांकन वैशाख १५ गतेबाट सुरु गरिनेछ ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया