Bisal Chautari Logo

नेपालि साङ्गितिक क्षेत्रका वरिष्ठ गायक फत्तेमान राजभण्डारीको निधन (फोटो र भिडियो सहित)

- २५ भाद्र २०७०, मंगलवार ०४:४१ मा प्रकाशित


२५ भाद्र, काठमाण्डौं । नेपाली साङ्गितिक क्षेत्रका आधुनिक गीतका वरिष्ठ गायक फत्तेमान राजभण्डारीको निधन भएको छ । वरिष्ठ गायक फत्तेमानको गएराती ओम अस्पतालमा उपचारका क्रममा निधन भएको हो । फोक्सोको समस्याबाट ग्रसित फत्तेमानलाई क्यान्सर भएको पत्ता लागेको थियो ।क्यान्सर भएको निकैसमय पछिमात्र पहिचान भएको र क्यान्सरको तेस्रो अवस्थामा पुगेपछिमात्र उपचार गर्न सुरु भएको थियो । किमोथेरापीमा रहनुभएका उहाँलाई चिकित्सकहरुले राति मृत घोषणा गरेका थिए । उपचारमा संलग्न चिकित्सकहरुले केही दिन अघिमात्र क्यान्सरको अवस्था थाहा भएको र दश दिनसम्मको किमोथेरापीबाट औषधि दिन सकेको भए केही समय आयु बढाउन सकिने सम्भावन रहेको बताएका थिए । वि.सं १९९३ मंसिर १३ मा जन्मनुभएका गायक राजभण्डारीले ४ सय भन्दा बढी कालजयी गीत र भजनमा स्वर तथा सङगीत दिनुभएको छ । उहाँका ‘मर्न बरु गाह्रो हुन्न…, यस्तो पनि हुँदो रहेछ …., सान्नानीको गालैमा कालो कोठी रैछ …, बनै खायो डडेलोले मनै खायो…’ जस्ता मर्मदयस्पर्शी र भावनात्मक गीतहरु तथा ‘रातो र चन्द्र सूर्य जङगी निशान हाम्रो’ जस्ता राष्ट्रिय गीत चचिर्त छन् । राजभण्डारीका श्रीमती, दुई छोरा र एक छोरी छन् । स्वर्गीय राजभण्डारीको पाथिर्व शरीर अहिले चाबहिल अस्पतालबाट निकाल्ने तयारी भइरहेको छ । उहाँको शव अहिले बिहान १० बजेसम्म पशुपति वृद्धाश्रमस्थित खाली ठाउँमा राखिने वासुशशि स्मृति परिषद्का सचिव प्रद्युम्न जोशीले जानकारी दिनुभयो ।

 भिडियो हेर्नुहोला

प्रतिक्रिया