Bisal Chautari Logo

‘रेशम फिलिली’को सुकुल कार्पेट प्रिमियरमा रुचाइयो || सेलिब्रेटिहरुले भने–वाउ धेरै हासियो (फोटो फिचर)

- ११ बैशाख २०७२, शुक्रबार ०६:४४ मा प्रकाशित


Resham Filili movie Sukul the carpet premiere

चलचित्रका पात्र हरिया (कामेश्वर चौरसिया)को सबैभन्दा बढी तारिफ उपस्थित सेलिव्रेटीहरुले गरेका थिए । 

विशाल चौतारी समाचार
तस्बिर बिशाल राई
काठमाडौ, २०७२ बैशाख ११, शुक्रबार । यो वर्षको सबैभन्दा बढी दर्शकहरुको पर्खाइमा रहेको चलचित्र ‘रेशम फिलीलि’ को सुकुल कार्पेट प्रिमियरमा सबै सेलिव्रेटी तथा पत्रकार दर्शकहरुले रुचाएका छन् । अनी चलचित्र हेरेर प्रतिकृया दिने क्रममा सबैले वाउ सिनेमा मनोरञ्जनात्मक बनेको छ भन्ने प्रतिकृया दिए ।

Resham Filili movie Sukul the carpet premiere
हिजो बिहिबार कुमारी हलमा गरिएको चलचित्र रेशम फिलिलीको प्रिमियर सो मा सबैभन्दा फरक अनी सकारात्मक पक्ष ग्रिन कार्पेट र रेडकार्पेट विच्छयाउने चलन रहेपनि यो प्रिमियर सोमा आयोजकले परालले बुनेको सुकुललाई कार्पेटका रुपमा प्रयोग गरिएको थियो । हलिउडमा जसरी फलामको बार लगाएर मिडियाको क्यामेरालाई एक ठाउमा केन्द्रित गरिन्छ सोही शैली अपनाउादै मिडियालाई एकत्रित गरेको थियो ।

Menuka pradhan Resham Filili movie Sukul the carpet premiere (1)
अहिले नेपाली चलचित्र क्षेत्रमा नम्बर एक निर्माताको रुपमा अगाडी बढिरहेका माधव वाग्ले सिनेमा सकिएपछी सबै सेलिव्रेटीहरुबाट बधाई लिनमा ब्यास्त थिए । उता चलचित्र निर्माण सहकार्यमा अभिनेता विनय श्रेष्ठपनि सिनेमाको राम्रो प्रतिकृयाले दंग थिए । चलचित्रका पात्र हरिया (कामेश्वर चौरसिया)को सबैभन्दा बढी तारिफ उपस्थित सेलिव्रेटीहरुले गरेका थिए ।

Vinay Shrestha Resham Filili movie Sukul the carpet premiere
चलचित्र रेशम फिलिली प्रिमियर सोमा अभिनेता बिनय र सिनेमाकी अभिनेत्री मेनुका प्रधान आकर्षणको केन्द्र बनेका थिए । चलचित्र हाफ टाइममा गरिएको औपचारीक कार्यक्रममा चलचित्रमा आवद्ध सबैलाई सर्टिफिकेट बाडिएको थियो । प्रिमियर सोको दौरानमा आयोजकले सिट मुनी टिर्सट भेट्ने गेष्टलाई पिरतीको छाता गिफ्ट गर्ने कार्यक्रम पनि प्रसंनसनीय रर्‍यो ।

Resham Filili movie Sukul the carpet premiere-1
प्रिमियर शोमा क्रमश: अभिनेताहरु दयाहाङ राई, सुरज सिंह ठकुरी, श्याम अर्याल, अभिनेत्रीहरु नम्रता श्रेष्ठ, ऋचा शर्मा, केकी अधिकारी, नन्दिता केसी, रिमा विश्वमर्का, बेनिशा हमाल, आस्मा डिसी, रविना देशराज श्रेष्ठ, निर्माताहरु छबिराज ओझा, गोपाल कायस्थ, सुनिल रावल, गोबिन्द शाही, पुर्व मिस नेपाल सदिक्षा श्रेष्ठ, सृष्टि श्रेष्ठ, गायिका आनी छोइङ डोल्मा, शशि रावल लगायतका सेलिव्रेटीहरु उपस्थिती रहेको थियो ।

हेरौ फोटो फिचरमा ‘रेशम फिलिली’को सुकुल कार्पेट प्रिमियर

[gss ids=”9662,9641,9642,9643,9644,9647,9648,9649,9653,9652,9651,9650,9655,9656,9657,9659,9660″]

प्रतिक्रिया