Bisal Chautari Logo

रञ्जनाको बर्थडेपार्टीमा पुन:यस पटक पनि यम बराल

- २५ भाद्र २०७०, मंगलवार ०८:३२ मा प्रकाशित


कस्तो सम्वन्ध हो कुन्नि ? 
२५ भाद्र, काठमाडौ । अभिनेत्री रञ्जना शर्माको गत बर्षको बर्थडे पार्टीमा गायक यम बराल साथमा भएका कारण उनिहरु निकै चर्चाको विषय बनेका थिए । तर पुन: यस वर्षको बर्थडेमा पनि यि दुई जोडि सगै देखिएके छन् ।

 बर्थडे मनाउने क्रममा अभिनेत्री रञ्जना र गायक यम बरालको भेट भएको फोटो न्युज फिल्मिका न्युज चिफ अनुप भट्टराईले सार्वजनिक गरेका छन् । जहा रञ्जनाको  साथमा यम बरालले बुके सहितको फोट पोज पनि दिएका छन् ।
निकै प्रेममय भावमा गए राति न्यूयोर्क, क्यवीज ब्लुबर्ड, मालिगोमा बर्थडे मनाएकी रञ्जना उक्त समारोहमा परिवार सम्झेर पनि रोएकी थिईन् । गायक यम सहितको सो बर्थडे समारोहमा अन्य दुई गायक गजगदीश समाल र सुमन बुढाको पनि उपस्थिती थियो । तत्काल नेपाल फर्कने सोच नबनाएकी रञ्जना अमेरिकमा आफ्नै व्यावसाय गरेर बसिरहेकी छिन् ।
२०१०मा अमेरिका उडेकी उनी केही बर्षपश्चात आफ्नै प्रोडक्सन हाउस सहित नेपालि चलचित्र क्षेत्रमा फर्किने उनी निकट श्रोतले बताएको छ । गएको बर्थडेमा निकै मोटी देखिएकी रञ्जना यस पटक अलि छरितो शरिरका साथ लब्ली लुक्समा देखिएकी थिईन् ।





प्रतिक्रिया