Bisal Chautari Logo

‘जेम्स बोन्ड’ की अभिनेत्री मिसेल काठमाडौंमा

- १० बैशाख २०७२, बिहीबार ११:१४ मा प्रकाशित


michelle yeoh come to nepal
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख १०, बिहिबार ।  सन् १९९७ मा जेम्स बोन्ड चलचित्र टुमरो नेभर डाइज’ हलिउड चलचित्रको अभिनेत्री मिसेल योह काठमाडौं आएकी छिन् । उनी बिहिबार दिउसो काठमाडौं उत्रिएकी हुन् ।

michelle yeoh come to nepal
काठमाडौं आइपुगे लगत्तै मिसेल एभरेष्ट होटलमा भएको एफआई एसिया क्षेत्रीय खेलकुद कांग्रेसको उद्घाटन कार्यक्रममा सहभागी भइन् । तीनदिने नेपाल बसाइमा उनले नेपालको केही स्थान भ्रमण गर्ने नेपाल अटोमोबाइल एसिसएसनका अध्यक्ष गोविन्द भट्टराईले बताए ।
मिसेल सन् ९० को दशकको सुरुमा हङकङका एक्सन चलचित्रहरुमा अभिनयमार्फत् चर्चामा आएकी थिइन् । सन् १९९७ मा जेम्स बोन्ड फिल्म ‘टुमरो नेभर डाइज’मा अभिनय गरेकी उनलाई सोही वर्ष पिपल म्यागेजिनले विश्वका ५० सुन्दर व्यक्तित्वहरुमध्ये छानेको थियो । उनी विश्वव्यापी सडक सुरक्षा राजदूत समेत हुन् । सन् १९९७ मा उनलाई विश्वका ५० सुन्दर मान्छेहरुमा छनोट गरेको थियो ।
मलेसियमा जन्मेकी मिचेल चिनिया परिवारकी हुन् । २० बर्षको उमेरमा १९८३ मा मिस मलेसियन सुन्दरीको ताज पहिरिएकी थिइन् । १९८३ मा भएको मिस वल्र्डमा उनले मलेसियाबाट प्रतिनिधित्व गरेकी थिइन् । त्यसपछि उनी ज्याकि च्याङका साथमा व्यवसायिक टेलिभिजन विज्ञापनमा देखापरेकी थिइन् । उनले आफ्नो फिल्मी करियर मार्सलआर्ट चलचिलबाट शुरु गरेकी थिइन् । १९८५ मा उनले ‘एस म्याडम’ नामक चलचित्रमा अभिनय गरेकी थिइन । जुन फिल्ममा उनी आफैले स्टन्ट गरेकी थिइन् । उनलाई महिला जेम्स बोन्ड समेत भनिन्थ्यो । सन् २०१३ मा भएको भारतको अन्र्तराष्ट्िरय फिल्म फेस्टिबलको प्रमुख अतिथिका रुपमा सहभागी भएकी थिईन् । ५० भन्दा बढी फिल्ममा अभिनय गरेकी मिचेलले केही अन्तराष्ट्िरय अवार्ड समेत पाएकी छिन् ।

प्रतिक्रिया