Bisal Chautari Logo

मिस नेपाल इभाना भन्छिन् ‘नेपाली नारीलाई घरमै बसेर अर्थोपार्जनका काम दिएर आत्मनिर्भर बनाउन लाग्नेछु’

- ९ बैशाख २०७२, बुधबार १७:२६ मा प्रकाशित


Miss Nepal Evana Manandhar says Nepali woman to work at home income generation
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख ९, बुधबार । मिस नेपाल २०१५ बन्न सफल इभाना मानन्धरले नेपाली नारीलाई घरमै बसेर अर्थोपार्जनका काम दिएर आत्मनिर्भर बनाउन लाग्ने बताएकी छिन् ।

Miss Nepal Evana Manandhar says Nepali woman to work at home income generation
‘ग्रामीण महिलाहरू जो कृषिमा आधारित हुनुहुन्छ, उहाहरूलाई आथिर्थ रूपमा स्वावलम्बी बनाउने सीपमूलक काममा लाग्न प्लेटर्फम दिन चाहन्छु’, मिस नेपाल इभानाले कान्तिपुर दैनिकको एक अन्र्तवार्ताको क्रममा बताइन् । थपिन् –‘म आफैं पनि यी कामहरू गर्न सक्छु । तर मिस नेपालले त्यसमा सहज बनाइदिनेछ । नेपाली नारीलाई घरमै बसेर अर्थोपार्जनका काम दिएर आत्मनिर्भर बनाउन लाग्नेछु ।’

Evana ManandharMiss Nepal 2015 (1)
मिस नेपाल इभानाले पहिलेका मिस नेपालहरूभन्दा तपाई केकति भिन्न हुनुहुन्छ रु भन्ने प्रश्नमा यो कुरा प्रसंगबस यती गहन शब्द बोलेकी हुन् । भनेकी छिन्, ‘मिस नेपाल सबै समान छन् । मैले पहिलेकाबाट नै सिक्ने हो र उहाहरूले कायम राखेको उचाइलाई कायम राख्नेछु । सबै मिस नेपाल कोहीभन्दा कोही कम छैन । सबैमा आ–आफ्नै अद्वितीय गुण हुन्छ । मैले भन्दै आउने कुरा चाहिं के हो भने नेपालको पर्यटकीय सम्भावनालाई अझै बढाउन सकिन्छ ।’ थप्दै भनेकी छिन्, नेपाल भनेको यति सुन्दर देश हो जहा जलस्रोत पर्याप्त छ । धातुहरूको खानी छ । यो सबैलाई समेटेर पर्यटन उद्योगको विकास हुन सक्छ । थिंक ग्लोबल्ली, एक्ट लोकल्ली । यसलाई म लागू गर्न चाहन्छु ।

KATHMANDU, April 19, 2015 (Xinhua) -- Winner of Miss Nepal 2015 Evana Manandhar reacts after being crowned the title in the grand finale Miss Nepal 2015 beauty pageant in Kathmandu, Nepal, April 18, 2015. Nineteen participants competed for the title in th

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया