Bisal Chautari Logo

बिनोद, वर्षा, सगुन र अनाभिकालाई लिएर ‘यो पागल मन’को शुभ मूर्हत सम्पन्न

- ९ बैशाख २०७२, बुधबार १५:५४ मा प्रकाशित


Binod Neupane and barsha siwakoti movie yo pagal man
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख ९, बुधबार । गोपीकृष्ण मूभिजले सन २०१५ भित्र ७ चलचित्र निर्माणको घोषणा गरे बमोजिम तेस्रो चलचित्र चलचित्र यो पागल मनको शुभमूर्हत गरिएको छ । २०१५ मा निर्माण गरिसक्ने ७ चलचित्र मध्ये होमवर्कको सम्पादन र दोस्रो चलचित्र ठमेल डटकमको छायाकन जारी नै छ भने मंगलबार राजदेवी प्रोडक्सनको व्यानरमा गोपीकृष्ण मुभिजको सहकार्यमा निर्माण हुने चलचित्र यो पागल मनको शुभमूर्हत गरियो ।

Binod Neupane and barsha siwakoti movie yo pagal man-1
चलचित्रलाई कल्याण अधिकारीले निर्देशन गर्नेछन् । यसअघि चलचित्र होमवर्कमा निर्देशक निरक पौडेलको सहायक भइ काम गर्दा संगालेको अनुभवले आफुमा आत्मविश्वास बढेको उनको भनाई छ । उनी डेव्यु चलचित्र यो पागल मन क्रेजी लभ स्टोरी भएको बताउछन् ।
त्यसो त केही वर्ष अघि नै चलचित्रको नाम दर्ता गरिएको थियो । बरिष्ठ चलचित्रत्रकर्मी उद्धव पौडेलले यो पागल मन निर्देशन गर्नेवाला थिए । तर उनी राजनीतिमा सक्रिय भएपछि यो चलचित्रको निर्देशन जिम्मा कल्याणले समहाल्न लागेका हुन । कार्यक्रममा बोलदै पौडेलले यो पागल मन आफ्नो भावनासग नजिक रहेको भन्दै यसको विषयले नेपाली परिवेशलाई अन्तरआत्माबाट छुने बताए ।

Binod Neupane and barsha siwakoti movie yo pagal man
गौरी मल्ल, बिनोद न्यौपाने, वर्षा सिवाकोटी, सगुन शाही वाल कलाकार अनाभिका लगायतको अभिनय रहने चलचित्रबाट कलाकारहरु समेत निकै आशाबादी देखिए । अभिनेत्री गौरी मल्लले चलचित्रको विषय मन छुने भएकोले आफुले अभिनय गर्न लागेको बताइन ।
यस अघि अप्रिल फूल नामक चलचित्रमा अभिनय गरेका विनोद न्यौपाने यो पागल मनका मुख्य कलाकार हुन । उनले दुई वर्ष पछि पहिलो पटक सोलो हिरोका रुपमा काम गर्न पाउादा आफू निकै उत्साहित भएको बताए । चलचित्रमा शम्भु सापकोटाको छायााकन, कविराज गहतराजको नृत्य, अर्जुन पोखरेलको संगीत, दयाराम पाण्डेयका गीतका साथै राजेश पायल राई, स्वरुपराज आचार्य, दुर्गा खरेल र भुवन प्यासीको स्वर रहेको छ । कार्यक्रममा गायक राईले पटियाला कुर्ता बोलको गीत गाएर सुनाएका थिए ।

THIS NEWS YOUR COMMENT HERE 

प्रतिक्रिया