Bisal Chautari Logo

तपाई बन्ने हो ‘Public Speaker Nepal’ ? देश बनाउने युवा छान्दैछ ‘चंखे शंखे पंखे’

- ९ बैशाख २०७२, बुधबार १४:५१ मा प्रकाशित


Chankhe Shankhe Pankhe choosing Public Speaker Nepal

स्कूल र कलेजमा हुनेछ ठूलै प्रतियोगिता

विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख ९, बुधबार । यही जेठ १ गतेदेखी प्रर्दशनको तयारीमा रहेको चलचित्र ‘चंखे, शंखे, पंखे’को कथामा आधारीत रहेर देशका ३ युवा नेतृत्व छनौट गर्ने प्रतियोगीता सुरु गर्ने भएको छ । आज काठमाडौमा एक पत्रकार सम्मेलनको आयोजना गरी ‘पब्लिक स्पिकर नेपाल’ प्रतियोगीता हुने बारेमा निर्देशक सुर्दशन थापाको टिम चंखे शंखे पंखेले जानकारी दिएको थियो ।

Chankhe Shankhe Pankhe choosing Public Speaker Nepal

राजेश हमाललाई लिएर क्वीज मेनिया सिजन ४ सञ्चालन गरेको कम्पनी एक्रेटिभ मिडिया र weRdDc ह्वाईट हाउस कलेजसंगको सहकार्यमा चंखे टिमले देश बनाउाने युवा छनौटको तयारी गरेको हो । रियालीटी सोका रुपमा अघि बढ्ने यो प्रतियोगितामा कछा ९ देखि ब्याचलर लेभल सम्मका जो कोही विद्यार्थीहरुले सहभागीता जनाउान सक्ने बताईएको छ । तर प्रतियोगिताका लागि शिर्षक एउटै राखिएकाले कछा ९ र १० का विद्यार्थीहरुलाई आयोजकले ३० अकं पहिलेनै दिएर सहभागी गराउाने छ भने ११ र १२ का विद्यार्थीहरुलाई २० अंक र स्नातक तहका विद्यार्थीहरुलाई १० अंक दिएर प्रतियोगितामा सहभागी गराउनेछ ।

Puza sharma- Chankhe Shankhe Pankhe choosing Public Speaker Nepal
पब्लिक स्पिकर नेपाल आजको बक्तृत्व भोलिको नेतृत्व थिमका साथ चल्ने यो अभियान मोफसलका प्रमुख ८ शहर धनगडी, नेपालगञ्ज, बुटवल, चितवन, पोखरा, दमक ,धरान विराटनगर भएर राजधानीमा समापन हुने बताईएको छ । पहिलो चरणको कार्यक्रम भने यहि बैशाख ११ गते देखि धनगडीबाट सुरु हुने र ग्रायन्ड फाईनल बैशाख २९ गते राजधानमिा हुने आयोजकको भनाई छ । दिईएको जानकारी अनुसार ईन्टरकलेज स्कूल तथा कलेज कम्पिडिसनबाट उत्कृष्ट १० युवा बक्ताको छनौट भए पश्चात उनीहरुबाट सर्वोत्कृष्ट ३ छनौट गरी क्रमश १ लाख, ५० हजार र २५ हजार नगद पुरस्कार प्रदान गर्दै नेश्नल हिरोका रुपमा अघि बढाईने छ ।

sudarshan thapa Chankhe Shankhe Pankhe choosing Public Speaker Nepal-4
जेठ १ देखि रिलिजको तयारीमा रहेको सुर्दशनको चंखे शंखे पंखे चलचित्रमा पनि देशका बारेमा वकालत गर्ने युवाको कथा छ र सोही बमोजिम आफ्नो मुख्य प्रायोजनमा चंखे टिमले यो अभियान सुरु गरेको हो । आयोजित प्रेस मिटमा निर्देशक थापाले देशको चिन्ता गर्ने हरेक युवाले यो अभियानमा सहभागीता जनाएमा केही केही न केही परिवर्तन ल्याउान सकिने आत्मविश्वास देखाएका छन् । उनले फिल्म छेत्रबाट यस किसिमको कार्यक्रम पहिलो पटक हुन लागेको भन्दै सम्पूर्ण सहयोगी हातहरुलाई साथ दिन आग्रह पनि गरेका छन् ।

sudarshan thapa and Puza sharma
यस्तै आयोजक एक्रेटिभ मिडियाका तर्फबाट सपना ढकालले यस अभियानले युवाहरुमा परिवर्तन ल्याउन ठूलो सहयोग हुने बताउादै सहभागीता लागि विद्यार्थीहरुलाई आग्रह गरेकी छिन् । उक्त कार्यक्रममा पार्वर पार्टनरका रुपमा रहेको ह्वाईट कलेजका तर्फबाट सुशिल बुढाथोकीले छोटो समय भएपनि यो कार्यक्रमले युवाहरुमा केही न केही परिवर्तन ल्याउन मद्धत गर्ने बताएका छन् । देशभरिका कूल ५ हजार विद्यार्थीहरुको सहभागीता लछय राखिएको यो प्रतियोगिता टेलिभिजनमा आउाने विभिन्न रियालटी शो भन्दा कम गुणस्तरको नहुने दाबी आयोजकले गरेका छन् ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया