Bisal Chautari Logo

‘अधकट्टी’को एल्बम ९ अभिनेत्रीले विमोचन गरेपछी…. हट दृश्य सहितको प्रस्तुती (फोटो फिचर सहित)

- ८ बैशाख २०७२, मंगलवार ०८:१२ मा प्रकाशित


adhakatti movie music lunch 9 Actress… Hot scene 
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७२ बैशाख ८, मंगलबार । नेपाली चलचित्र क्षेत्रमा पछिल्लो समय सिनेमाको गीत संगीतलाई विशेष प्रथमिकता दिने गरेको पाइएको छ । यस्तै क्रममा हिजो बसन्त सापकोटाद्धरा संगीतवद्ध रहेको ‘अधकट्टी’ चलचित्रको गीत, संगीतको एल्बम ग्राण्ड विमोचन गरिएको छ । ९ अभिनेत्रीहरु करिश्मा मानन्धर, झरना थापा, प्रियंका कार्की, ऋचा शर्मा, नम्रता श्रेष्ठ, दिपाश्री निरौला, निता ढुंगाना, शिल्पा पोखरेल र हर्षिका श्रेष्ठले एकसाथ बिमोचन गरे ।

adhakatti movie music lunch 9 Actress... Hot scene
चलचित्र अवार्ड समारोह भन्दा कम नभएको एल्बमको ग्राण्ड विमोचनपछि सबैले चलचित्रको एल्बम विमोचन भब्य भएको चलचित्रका प्रस्तुतकर्ता प्रदिप कुमार उदयलाई बधाई दिए । ९ अभिनेत्रीले एल्बम विमोचन गरेसगै सिनेमाका कलाकार एकपछि अर्को फरक–फरक प्रस्तुती दिए । चलचित्रका ४ गीतमा मुख्य कलाकारहरु रिस्ता बस्नेत, गौरव पहारी, अशिष्मा नकर्मी, प्रदिप बाास्तोला, नम्रता श्रेष्ठ र विल्सन विक्रम राइले आ–आफ्नो प्रस्तुती दिएका थिए । एलसीडी पर्दामा कलाकारले एकपछि अर्को प्रस्तुती दिइरहादा माहोल पुरै रोमाञ्चित बन्न पुगेको थियो । प्रस्तुतीको कोरियोग्राफि भने गम्भिर बिष्टले गरेका थिए ।

adhakatti movie music lunch 9 Actress... Hot scene  (2)
द्धारिका उदयको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई संचारकर्मी सुव्रत आचार्यले निर्देशन गरेका हुन् । आउदो जेठ ८ गतेबाट चल्ने यो चलचित्र पूर्णतया कमेडी कथामा तयार भएको छ । चलचित्रमा गजित बिष्ट, गौरव पहारी, विल्सन बिक्रम राई, प्रदिप बाास्तोला, रिस्ता बस्नेत र आशिष्मा नकर्मीको अगायतको अभिनय रहेको छ ।
basanta sapkota, pradeep udaya and subrat acharya - adhakatti movie music lunch 9 Actress... Hot scene

Rista Basnet-adhakatti movie music lunch 9 Actress... Hot scene

सबै फोटो फिचरमा हेर्नुहोस्

[gss ids=”9615,9616,9618,9612,9613,9611″]

Movie: Adhakatti
Dwarika Udaya Production
Pradeep Kumar Udaya Presents
Casts: Namrata Shrestha, Wilson Bikram Rai,Rista Basnet,Pradeep Bastola, Gaurav Pahari, Ashishma Nakarmi, Gajit Bista
Ex.Producer: Sumita Ranjit Udaya
Co-producer: Chaitanya Baral/Naresh Pandey
Director: Subrat Acharya
Music: Basanta Sapkota

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया