Bisal Chautari Logo

१ महिना नबित्दै पेट्रोलियम पदार्थमा मुल्यवृद्धि

- २५ भाद्र २०७०, मंगलवार १७:३६ मा प्रकाशित


                         EXCLUSIVE                                   
ब्रेकर :–मुल्यवृद्धि भएसँगै अबदेखि पेट्रोलको भाउ १ सय ३० रुपैयाँ, डिजेल र मट्टितेलको १ सय ३ रुपैयाँ पुगेको छ ।
२५ भाद्र, काठमाडौं । नेपाल आयल निगमले एक महिना नबित्दै पेट्रोलियम पदार्थमा मुल्यवृद्धि गरेको छ । निगम सञ्चालक समिति मंगलबार साँझ बसेको बैठकले पेट्रोलमा ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा ३–३ रुपैयाँ वृद्धि गरेको हो । निगमले साउन २६ गते पेट्रोलमा दुई रुपैयाँ, डिजेल र मट्टितेलमा १ रुपैयाँ मुल्यवृद्धि गरेको थियो ।
निगमका अनुसार हवाई इन्धनमा आन्तरिकतर्फ ७ रुपैयाँ वृद्धि भएको छ । हवाई इन्धनमा अन्तर्राष्ट्रियतर्फ र ग्याँसको भने मुल्वृद्धि भएन । मुल्यवृद्धि भएसँगै अबदेखि पेट्रोलको भाउ १ सय ३० रुपैयाँ, डिजेल र मट्टितेलको १ सय ३ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया