Bisal Chautari Logo

‘वैदेशिक रोजगारीका लागि देश छोडेर जानेलाई कसरी रोक्न सकिन्छ ?’–मिस नेपाल २०१५–इभानाको उत्तर

- ६ बैशाख २०७२, आईतवार ०६:४७ मा प्रकाशित


Evana Manandhar Miss Nepal 2015 Winner
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख ६, आइतबार । आफ्ना १८ प्रतिस्पर्धीहरुलाई उछिन्दै मिस नेपाल २०१५ को ताज जित्न सफल इभाना मानन्धरले टप पाचमा पुग्नका लागी गहकिलो उत्तर दिएकी थिइन् ।

Evana Manandhar Miss Nepal 2015 Winner
प्रश्न थियो :–‘वैदेशिक रोजगारीका लागि देश छोडेर जानेलाई कसरी रोक्न सकिन्छ ?’ यो प्रश्नमा मिस नेपाल २०१५ बनेकी इभानाको उत्तर थियो–‘शिक्षाका लागि कोही बाहिर जान्छ भने उसले देशका लागि दक्षता लिएर आउन र श्रमका लागि जानेले पनि सीप ल्याएर देशमा उपयोग गर्नुपर्छ ।’ इभानाले फराकिलो सोच राख्नुपर्ने र काम भने आफ्नो लागि गर्नुपर्नेमा पनि जोड दिइन् ।

Evana Manandhar Miss Nepal 2015 Winner (2)
छ साता लामो बन्द प्रशिक्षणपछि शनिबार सााझ दरबारमार्ग्स्थित होटल अन्नपूर्ण होटलमा आयोजित मिस नेपालको ग्रान्ड फिनाले काठमाडौं भोटेबहालकी २३ वर्षीया इभाना मानन्धरले जितेकी हुन् । मार्केटिङ विषयमा अमेरिकामा स्नातक पढिरहेकी इभाना ‘मिस नेपाल मिसन’कै लागि काठमाडौं आएकी थिइन् । सन् १९९४ देखि हिडन् ट्रेजरले नियमित गर्दै आएको प्रतियोगितामा इभाना २० औं मिस नेपाल बनेकी छन् । उपाधिसगै उनले पुरस्कार र एक वर्ष सेवासुविधा पाएकी छन् ।

Evana Manandhar Miss Nepal 2015 Winner (3)

Evana Manandhar Miss Nepal 2015 Winner
Miss Nepal 2015 Winner Evana Manandhar
Miss Nepal 2015 1st Runner Up: Dibyata Vaidhya
Miss Nepal 2015 2nd Runner Up: Medha Koirala

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया