Bisal Chautari Logo

मध्यम वर्गिय उपभोत्तालाई लक्षित गरिएको आईफोन सी को मुल्य ५४९ डलर

- २६ भाद्र २०७०, बुधबार ०४:०५ मा प्रकाशित


२६ भाद्र, काठमाडौं । मोवाईल कम्पनि एप्पलले विश्वका मध्यम वर्गीय उपभोत्तालाई लक्ष्यित गर्दै सस्ता आइफोन ल्याएको छ । आइफोनले सस्तो स्मार्टफोन ल्याउन लागेको चर्चाले उत्साही भएका प्रयोगकर्ताहरु एप्पलको मूल्य सुनेपछि स्तब्ध भएको छन् । एप्लले अमेरिकी बजारका लागि यी सस्ता भनिएका आइफोन सी को मूल्य ५४९ डलर तोकेको छ ।सामसङसँग प्रतिस्पर्धा गर्न एप्पलले ल्याएका आइफोन फाइभ सी पाँच रंगमा उपलब्ध छन् । एप्पलका अन्तराष्ट्रिय बजार प्रमुख फिल सिलरले क्यालिफनिर्याको हेडक्वाटरबाट सस्ता आइफोन सार्वजनिक गरेका छन् । एसियाली राष्ट्रमा भने यो आइफोन सेप्टेम्बर २० सम्ममा आइपुग्ने यसअघि बताइएको थियो । प्लाष्टिक निमिर्त सस्ता आइफोनले सामसङको बजारलाई टक्कर दिने ग्याजेट विश्लेषकहरुले दाबी छ । सेप्टेम्बर १० लाई विशेष दिनको रुपमा मनाउँदै एप्पलले आइफोन फाइभ एस पनि लञ्च गरेको छ ।

प्रतिक्रिया