Bisal Chautari Logo

इभाना मानन्धर बनिन् ‘मिस नेपाल २०१५’

- ५ बैशाख २०७२, शनिबार १६:४३ मा प्रकाशित


miss nepal 2015 Evana Manandhar
miss nepal 2015 1st runner-up Dibyata Vaidya
miss nepal 2015 2nd runner-up Medha Koirala

Exclusive

 – फस्ट रनरअप दिव्यता बैद्य भइन्, भने सेकेन्ड रनरअप मेधा कोइराला बनिन् ।

Evana Manandhar miss nepal 2015
                                                 photo by : onlinekhabar.com

विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख ५, शनिबार । आफ्ना १८ प्रतिस्पर्धीहरुलाई हराउदै इभाना मानन्धर ‘हिडेन ट्रेजर फ्यान्टा मिस नेपाल २०१५’ बन्न सफल भएकी छिन् । इभानाले मिस नेपाल २०१५ को ताज जित्दा फस्ट रनरअप दिव्यता बैद्य भइन्, भने सेकेन्ड रनरअप मेधा कोइराला बनिन् ।

miss nepal 2015 Evana Manandhar

विजेता इभानाले १ लाख पुरस्कार र मिस नेपाल अर्थ फस्ट रनरअपले ६० हजार र मिस नेपाल इन्टरनेसनल सेकेण्ड रनअरले ४० हजार पुरस्कारसंगै ताज जितेका छन् ।
यो बर्षको मिस नेपालमा १९ जना प्रतिस्पर्धी सहभागी थिए । आज शनिबार बेलुकी काठमाण्डौको अन्नपूर्ण होटलमा आयोजना भएको विशेष कार्यक्रमबाट मिस नेपालको छनौट गरिएको हो ।

miss nepal 2015 1st runner-up Dibyata Vaidya
त्यस्तै सब टाइटलमा पुजा श्रेष्ठ मिस ट्यालेन्ट, मिस पर्शनालिटी इभाना मानन्धर, ब्युटि विथ पर्पोज रेबिका क्षेत्री लगायत भएका थिए ।

miss nepal 2015 2nd runner-up Medha Koirala
यसवर्ष मिस नेपाल बन्ने दौडमा मेधा कोइराला, रेबिका क्षेत्री, सृष्टि भट्टराई, पूजा श्रेष्ठ, प्रिया रानी लामा, सुजिता खनाल, रिता केसी,सोनु थापा मगर, अनु खड्का, सुदिपा पाठक रहेका छन् । त्यस्तै निस्मा चौधरी, दिव्यता बैद्य, प्रशंसा पराजुली, इभाना मानन्धर, दुर्गा गुरुङ, असिना पौडेल, कृपा न्यौपाने, श्रेया पौडेल अन्तिम प्रतियोगीतामा थिए ।

miss nepal 2015 top 5
                                      miss nepal 2015 top 5

तस्बिरहरु : ट्विटर

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया