Bisal Chautari Logo

धरानमा तरकारीको अभावले मुल्य आकाशियो

- २६ भाद्र २०७०, बुधबार १३:५७ मा प्रकाशित


              EXCLUSIVE      –     NEWS                           
लक्ष्मी दर्नाल
२६ भाद्र, धरान । अविरल बर्षाले एकसाता अघि धरान धनकुटा सडक अवरुद्ध भएपछि पूर्वी पहाडी क्षेत्रवाट फलफुल तरकारी आपुर्ती हुन नसक्दा उपभोक्ताहरु हरियोज साग सव्जीको अभाव झेल्न बाध्य भएका छन् ।
भरियालाई बोकाएर ल्याएका तरकारी फलफुलको पनि शत प्रतिशतसम्म मुल्य वृद्धि भएपनि उपभोक्ताहरुले तरकारी किन्न नपाएको बताउछन् । उपभोक्ताले मुल्य वृद्धि नै भएपनि हरियो साग अभाव भएकाले किन्न पाएका छैनन् । पहाडीक्षेत्रबाट तरकारी फलफुल आयात हुन नसक्दा धरान, इटहरी र आसपासमा तरकारीको मुल्य एक्कासी वृद्धि भएपनि उपभोक्ताहरुले किनेर उपभोग गर्न पाएका छैनन् । धरानको कृषी उपज बजारमा तराई क्षेत्र र भारतबाट आयात गरिएका तरकारीको मूल्यमा समेत प्रतिकेजी ३० देखि ५० रुपैया सम्म वृद्धि भएको हो ।

तरकारी आयातमा दैनिक ६० टन देखि ७० टनले घटेको कृषी उपज बजारका व्यबस्थापक लक्ष्मण भट्टराईले बताए । धनकुटा क्षेत्रबाटमात्र दैनिक सयटन देखि १ सय २० टन सम्म तरकारी फलफुल आयात हुने गरेको तर एक सातादेखि आयात हुन नसक्दा धरानको कृषी उपज बजार सुनसान भएको उनले बताए । कृषि उपज बजारमा हरिया ताजा सागसब्जी पहाडी जिल्लाबाट मात्रै आउने गरेको छ । भट्टराईले भने, ‘धनकुटा, तेह्रथुम, लगायत पहाडी जिल्लाबाट धरानमा हरियो ताजा साग, करेला, सिमी, खोर्सानी, नासपाति, काउली, बन्दा, टमाटर, लसुन, अदुवा, आलु, अलैची आउने गरेको छ । सडक अवरुद्ध भएपछि भरियाको साहारामा छिटपुट मात्रै आउने गरेकाले मूल्य आकासिएको हो ।’ उनले भने–‘धनकुटाको मौनाबुदुक, डाडाबजार, राजारानी, महाभारा, ६ नम्बर बुधबारे, हिले, सिदुवा, जोरपाटी क्षेत्र ताजा फलफुल तरकारीको मूख्य उत्पादन क्षेत्र हो । प्याज मात्र भारतबाट आयात हुने गरेको थियो ।’ कृषी उपज बजारमा आइपुगेका तरकारी फलफुल धरानमा दैनिक ४ देखि ६ टन खपत हुने गरेको पाईन्छ । धरानबाटै इटहरी, इनरुवा, विराटनगर, दमक, विर्तामोड, भारतको सिलगुडी, पटना, फारविसगञ्जमा निर्यात हुदै आएको थियो । फलफुल तरकारी थोक विक्रैताहरुले धरान–धनकुटाको सडक ढिलो मर्मत गरे यो साता तरकारी फलफुलको मुल्यमा दोव्वर वृद्धि हुन सक्ने सम्भावना भएको बजारका व्यबस्थापक भट्टराईले बताए ।
कृषी उपज बजारमा निश्चित मुल्य अनुसार विक्रि वितरण भएपनि त्यहाबाट तरकारी फलफुल विक्रेताहरुले धरान क्षेत्रकै अन्यत्र पुर्‍याएपछि अत्यधिक मुल्य वृद्धि हुने गरेको छ । कृषि उपज बजारमा किनेर पुरानो बजार स्थित पालिका तरकारी बजार, भानुचोक स्थित भानुसव्जी बजार, माछाभौडी स्थित सव्जी बजार र अन्य विभिन्न चोकमा पुर्‍याएर उपभोक्ताहरुलाई अत्यधिक मुल्य राखेर विक्रि गर्ने गरेका कारणले पनि तरकारीको मुल्य वृद्धि भएको विक्रेताहरुको भनाई छ ।

प्रतिक्रिया