Bisal Chautari Logo

खेमराजको एकल संगीतमा मणिशेखरको ‘मणि’ विमोचित

- ४ बैशाख २०७२, शुक्रबार १३:४५ मा प्रकाशित


manishekhar gurung and khemraj gurung albam
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख ४, शुक्रबार । चर्चित संगीतकार तथा गायक खेमराज गुरुको एकल संगीतमा मणिशेखर गुरुङको पहिलो एल्बम ‘मणि’ विमोचित भएको छ । आज प्रज्ञा–प्रतिष्ठान कमलादीमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै एल्बमको विमोचन गरिएको हो ।

Jivan Luitel and Neeta Dhungana With regard to Dhoon movie (1)
संगीतकार संघ नेपालको आयोजना गरिएको एल्बमको विमोचन वरिष्ठ संगीतकार तथा गायक प्रकाश गुरुङले गरेका थिए । संगीतकार संघ नेपालका अध्यक्ष लक्ष्मण शेष विडारीले कार्यक्रमको सभापतित्व गरिरहेका कार्यक्रममा संगीतकार सुरेश अधिकारीले एल्बमको समिक्षा गरे । एल्बमका सबै गीतहरु आफुले सोचे भन्दा धेरै राम्रो बनेको बताए । एल्बम ढिलो सुन्न पाएपनि एल्बमका गीतहरु एकदमै राम्रो बनेको अधिकारीले बताउदै एल्बम ल्याएको बधाइ दिए ।

Jivan Luitel and Neeta Dhungana With regard to Dhoon movie (2)
विमोचन कार्यक्रममा गायक आनन्द कार्की, गीतकार संघ नेपालका अध्यक्ष योगेन्द्र मणी दाहाल, डाइरेक्टर प्रशन्न पौडेल, संगीतकारहरु शान्तिराम राई, महेश खड्का, पारस मुकारुङ, मोडल किरण लाकौल लगायत उपस्थित रहेका थिए । एल्बम विमोचनमा मायाको चिनो एल्बममा सपोर्ट गर्ने सबैलाई प्रदान गरिएको थियो । गायक मणिशेखरलाई सबै अतिथीहरुले बधाई दिएका थिए ।
विमोचित एल्बममा ५ गीत समावेश गरिएको छ । ‘बासको लिङे पिङ, घामै छायाले, साकेलामा भेटौला, धरानै बजारैमा र जिन्दगी रहेछ’ बोलको गीत एल्बममा समावेश गरिएको छ । एल्बममा शब्द चन्द्र रानोहछा, रानी लिम्बु, कुमार बिबाहित र खेमराज गुरुङको रहेको छ । एल्बमलाई एसियन म्युजिकले बजारमा ल्याएको हो । एल्बम विमोचन समारोहमा एल्बमको एक गीतको म्युजिक भिडियो सार्वजनिकपनि गरिएको थियो । एल्बम विमोचन समारोहमा उद्घोषण चर्चित उद्घोषक नरेश भट्टराईले सञ्चालन गरेका थिए ।

Jivan Luitel and Neeta Dhungana With regard to Dhoon movie (3)

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया