Bisal Chautari Logo

दुई राजेश सहित कलाकारको जम्बो टोली कतारमा किन ?

- ३ बैशाख २०७२, बिहीबार १२:५२ मा प्रकाशित


rajesh hamal and rajesh payal rai in Qatar
विशाल चौतारी समाचार
दोहा, २०७२ बैशाख ३, बिहिबार । नया बर्ष २०७२ सालको अवसर पारेर यही अप्रिल १७ तारिक शुक्रबारका दिन आयोजना गरिएको नेपाली नव बर्ष धमाका कार्यक्रममका लागी नेपालबाट १५ जना राष्ट्रिय कलाकारहरु कतार आईपुगेका छन । कार्यक्रम सनैयाको ग्राण्ड मल नजिकैको वेष्टईन्ड पार्कमा हुदैछ ।

rajesh hamal and rajesh payal rai in Qatar (2)
कलाकारको जम्बो टोलीको स्वागतका लागी आयोजक टिम लगायत पत्रकारहरुको दोहा विमानस्थलमा उपस्थिती रहेको थियो । कतारमा पहिलो पटक यती धेरै ख्याती प्राप्त कलाकारहरुको उपस्थितीमा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमाल हिजो नै कतार आईपुगेका हुन ।
कार्यक्रमका लागी चचिर्च गायक राजेश पायल राई , नायिकाहरु प्रियङ्का कार्की र सुस्मा कार्की , गायिकाहरु ईन्दिरा जोशी र सिमा संग्रौला , हास्य कलाकार विल्सम विक्रम राई (तक्मे बुढा) , मिस नेपाल तथा नायिका माल्भिका सुब्बा , भोजपुरी र मैथिली नृत्यकार डोली सरकार र गायिका सुनिता शाह , भोजपुरी मैथिली र हिन्दी गायक आभाष लाभ , लोकदोहोरी गायक मिलन लामा र गायिका चन्दा अर्याल , नृत्य निर्देशक मोडल तथा नृत्यकार शंकर बिसी , नृत्यकार रश्मी तामाङ्ग साथै कार्यक्रम संयोजक नविन लामा आज कतार आईपुगेको इमेज नेपाल न्युज डटकमले बताएको छन ।

rajesh hamal and rajesh payal rai in Qatar (3)
कलाकार तथा आयोजक टिमले यो कार्यक्र एतिहासिक हुन बताएका छन । नेपालीका चचिर्च कलाकारहरुको यो उपस्थितीले शुक्रबार बिदाको दिन तात्ने पक्का भएको छ । कार्यक्रम ६ घण्टा सम्म चल्ने आयोजकले बताएको छ भने कार्यक्रममा उपस्थित कलाकारहरु प्रत्यकका ३ वटा भन्दा बढी प्रस्तुती रहने बताईएको छ ।

rajesh hamal and rajesh payal rai in Qatar (1)
बक्स अफ ईभेन्ट कम्पनीले प्रस्तुत गर्न लागेको कार्यक्रमलाई अल जमान एक्सचेन्ज र भिजन गुप्रले आयोजना गरेका हुन । शुक्रबारका दिन दिउसो ४.३० बजेबाट कार्यक्रम शुरु हुनेछ भने कार्यक्रम स्थलमा दिउसो २ बजेबाट नै प्रवेश खुल्ला गरिने आयोजकले जानकारी दिए । कार्यक्रमको टिकटदर क्रमश: कतारी रियाल २०५ , १५५ , १०५ , ७५, ५५, ४५ रहेको छ ।

THIS NEWS YOUR COMMENT HERE

प्रतिक्रिया