Bisal Chautari Logo

पुजा, सुदर्शन र सन्तोष ‘चंखे शंखे पंखे’ प्रिमियरका लागि बहराईन

- ३ बैशाख २०७२, बिहीबार १२:११ मा प्रकाशित


chankhe shankhe pankhe movie premiere sudarshan thapa and pooja sharma
विशाल चौतारी समाचार
काडमाडौ, २०७२ बैशाख ३, बिहिबार । नेपाल रिलिजको झण्डै २७ दिन अघि चंखे शंखे पंखेको प्रिमियर सो बहराईनमा हुने भएको छ । भोलि शुक्रबार हुने प्रिमियर सोका लागि हिरोइन पूजा शर्मा र प्रोड्यूसर सन्तोष सेनका साथ निर्देशक सुर्दशन थापा बहराईन उडेका छन् ।

chankhe shankhe pankhe movie premiere sudarshan thapa and pooja sharma
बुधवार राति सेन्सर बोर्डबाट प्यारेन्टल गाईडेन्स सर्टिफिकेट पाए लगत्तै उनीहरु बहराईन उडेका हुन । बहराईनमा चंखेको सो हेर्नका लागि १५ सय बढी दर्शकले टिकट किनि सकेको निर्माता सेनले जनाएका छन् ।
सेन्सरमा फिल्म हेरेपछि हाम्रो विश्वास अझ बढेको छ त्यसैले बहराईनमा लगातर चार सो हुनसक्छ । उनले भनेका छन् । आउादो जेठ १ देखि देशब्यापी प्रर्दशन हुने चंखेलाई बर्ष २७१ मा निर्माण भएका नेपाली फिल्महरुको लिष्टमा सवै भन्दा महंगो फिल्मको रुपमा चित्रण गरिएको छ ।
फिल्ममा कमेडी पल्टका साथ राष्टियताको कथालाई रोचक ढंगमा उठान गर्न कुनै कन्जुसाई नगरेको निर्देशक थापाले दावी गरेका छन् ।

प्रतिक्रिया