Bisal Chautari Logo

गायक रेवत र मोडल अनुपसंग अभिनेत्री निता के गर्दैछिन् ?

- २ बैशाख २०७२, बुधबार १७:०७ मा प्रकाशित


rewat rai and neeta dhungana music video
विशाल चौतारी समाचार
काडमाडौ, २०७२ बैशाख २, बुधबार । साङ्गीतिक कन्र्सटहरुमा ब्यास्त भइरहेका युवा गायक रेवत राई अहिले आफ्नो पहिलो एल्बम ‘इमर्ज’को म्युजिक भिडियो छायाकनमा ब्यास्त रहेका छन् ।

rewat rai and neeta dhungana music video
सुटिङ भएको गीत विरेन्द्र राईको शब्द तथा सुरेश अधिकारीको संगीत रहेको छ । ‘चार धाम घुमी आए भन्छै’ बोलको गीतको म्युजिक भिडियोलाई निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले निर्देशन गरेका छन् । म्युजिक भिडियोमा अभिनेत्री निता ढुंगाना र अनुप राईले मोड्लिङ गरेका छन् । गीतको सुटिङ काठमाडौको गुहेश्वरीm कृष्ण मन्दिर लगायत भिन्न भिन्न स्थानमा गरिएको छ । म्युजिक भिडियोलाई मानकृष्ण लहर्जनले खिचेका हुन् । सुटिङ भएको गीतलाई चाडै सार्वजनिक समेत गर्ने गायक रेवतले विशाल चौतारीलाई बताए ।

प्रतिक्रिया